नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक (एमडी) नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्दै सरकारले उमेर हद र शैक्षिक योग्यता हेरफेर गर्नुका साथै बर्खास्तीको प्रावधान थप गरेको पाइएको छ । ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्ति र सेवा सुविधासम्बन्धी निर्देशिका, २०७८’ संशोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ एमडी नियुक्ति प्रक्रिया अघि बढाउन खोजेको छ ।