नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।  पौडेल यसअघि राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको भूमिकामा रहेका थिए । टेलिकमको प्रबन्ध निर्देशकका लागि टेलिकमकै निर्देशक सङ्गीता पहाडी, पूर्व एमडी बुद्धि आचार्य र सूचना प्रविधि...