देशभर वर्षा, हिमाली जिल्लामा हिमपात

काठमाण्डाै – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौसहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ । अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार आज दिनभर नै देशभरको मौसम बद्ली हुनेछ । लगातार आज दिनभरि झरी नपरे पनि पानी पर्दै रोकिने र फेरि पर्ने सम्भावना छ । पानी पर्न थालेसँगै देशभरको अधिकतम तापक्रम घटेको छ । काठमाण्डौसहित नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, धनकुटा, जुम्ला, वीरेन्द्रनगर लगायत...

सम्बन्धित सामग्री

विद्यालय खुलाउन छलफल सुरु, फागुन १ गतेदेखि खोल्न प्रस्ताव

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शुक्रबार देशभर वर्षा हुनका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भयो । महाशाखाले जारी गरेको पछिल्लो मौसमी विवरणमा काठमाडौँमा ४१ मिलिमिटर वर्षा भएको छ । बदली र वर्षासँगै उपत्यकाका उच्च डाँडामा हल्का हिमपात भएको छ । फुल्चोकी, चन्द्रागिरी, शिवपुरी, नगरकोटलगायतका अग्ला डाँडामा हिमपात भएको छ । वर्षासँगै चिसो बढेको छ । यसैबीच शनिबार साँझदेखि मौसममा क्रमशः सुधार हुँदै जाने भएको छ । ०००० यसैबीच मौसमको खराबीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने २१६ वटा उडान तथा अवतरण प्रभावि...

देशभर वर्षा र हिमपात : कतै सास्ती, कतै मस्ती

पानी नपर्दा धुलो र पानी पर्नासाथ हिलो हुने काठमाडौंको सडक वर्षासँगै अस्तव्यस्त देखियो । लामोदूरीका यातायातसँगै हवाई यातायात पनि ठप्प भए ।

देशभर वर्षा र हिमपात, कहिलेसम्म रहला यस्तो ?

अहिले देशभर वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली भएर मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको हो । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपात भइरहेको छ । वर्षा र हिमपातका कारण चिसो समेत बढेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार पनि मौसम यस्तै रहनेछ । आइतवारबाट भने मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।  चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिनका लागि आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरकेो छ ।

आज हिमपात, बिहीबार देशभर वर्षा

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा आंशिक बदली को अवस्था रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागि रहेको छ।बुधबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहीबार भने देश

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात : सडक अवरुद्ध

काठमाण्डाै – सुदूरपश्चिमका पहाडी जिल्लामा मंगलबार रातिदेखि हिमपात भएको छ । हिमपातका कारण त्यहाँका सडक अवरुद्ध भएका छन् । सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएसँगै तराई पहाडका लागि गुडेका गाडीहरु बाटोमै रोकिएका छन् । सडक क्षेत्रको हिउँ पन्छाउन डोजर लगाइएको छ । जिल्ला प्रहरीको टोली पनि त्यसतर्फ गएको छ ।  डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको छ ।  देशभर वर्षा,...

देशभर वर्षा र हिमपात‚ जनजीवन प्रभावित (फोटो फिचर)

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनसम्म मौसम बदली भई वर्षा र हिमपातको सम्भावना रहेको छ।हाम्रा पर्वत संवाददाताका अनुसार मुस्ताङमा हिमपात भएको छ। सानातिना खोला र धाराको पानी नै जमेका छन्। हिमपातका कारण बढेको चिसोले जनजीवन पनि कष्टकर बनेको छ।यस्तै‚ हेटौंडा संवाददाताका अनुसार पर्यटकीय क्षेत्र मकवानपुरको थाहा नगरपालिका-४ दामन र सिमभन्ज्याङमा हिमपात भएको छ। बुधबार बिहानदेखि हिमपात भएको हो। यहाँ हरेक वर्ष हि

काठमाण्डाैकाे चन्द्रागिरिमा हिमपात

काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरिमा हिउँ परेको छ ।  पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाण्डौमा पनि गए रातिदेखि पानी परिरहेको छ ।  वर्षासँगै चन्द्रागिरिमा हिउँ परेको हो । आज दिनभरिकै मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । काठमाण्डौ उपत्यकासहित देशभर वर्षा भइरहेको छ । हिमाली जिल्लामा बाक्लो  हिमपात भएको छ । वर्षा र हिमपातका कारण देशभर अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ ।  तस्बिर : चन्द्रागिरि हिल्स लिमिटेड

आज देशभर वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न भेगमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।मंगलबा बिहानदेखि नै सुदूरपश्चिमका पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात भइरहेको मौसमविद बरुण पौडेलले जानकारी दिए। पश्चिमी वायु विस्तारै सुदूरपश्चिमबाट कर्णाली हुँदै पूर्वतर्फ सर्ने क्रममा रहेको पौडेलले बताए।मंगलबारदेखि देशभर नै हल्कादेखि मध्यम वर्षा र हिमाली भेगमा हिमपात हुने मौसमविद पौडेले जानकारी दिए। आज देशभरको मौसम सामान्यदेखि पूर्णतया बदली रही हल

देशभर वर्षा तथा हिमाली भेगमा हिमपात हुने

काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईका भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली सम्म रहनेछ। देशका थोरै स्थानहरुमा हल्का […]