अहिले देशभर वर्षा भइरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली भएर मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको हो ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने हिमपात भइरहेको छ । वर्षा र हिमपातका कारण चिसो समेत बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार पनि मौसम यस्तै रहनेछ । आइतवारबाट भने मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।
चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिनका लागि आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरकेो छ ।