काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएका छन् । तारकेश्वर नगरपालिकास्थित वडा नम्बर २ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख जनक भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए । उनीहरूमध्ये केही झुण्डिएको अवस्थामा भेटिएको भट्टराईले बताए । घटनाको अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ ।