काठमाडौं । मुलुकभर मनसुनसँगै डेंगुलगायत चिकेनगुनियाजस्तो लामखुट्टेबाट सर्ने रोगको संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगु संक्रमण ७४ जिल्लामा फैलिसकेको छ । डेंगु संक्रमणबाट हालसम्म १३ हजार २ सय ९२ जना बिरामी भएका छन् । साथै डेंगुबाट १० जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ । अस्पतालमा […]
लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ। एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ।
झापा – लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमण झापा, मोरङ, सुनसरीलगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ। एडिज प्रजातिको दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट मानिसमा यसको सङ्क्रमण फैलिन्छ। कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेङ्गु फोकल पर्सन) विवेचना चम्लागाईँका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा दुई सय ४० जना डेङ्गुका बिरामी फेला […]
झापा – कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको छ। इलाम र झापा जिल्लामा मात्रै चार सय ६२ वटा पशु रोग सङ्क्रमणबाट मरेका छन्। इलाम, उदयपुर, धनकुटा, सङ्खुवासभालगायतका पहाडी जिल्लामा यसको प्रकोप फैलिरहेको कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा दीपा दियालीले बताइन्। […]
डेंगु भयावह बनेपछि बल्ल नियन्त्रणमा लागे उपत्यकाका स्थानीय तह, काठमाडौं, ललितपुर र भक्तपुरमा २८ सय ८४ जना संक्रमित
डेंगु संक्रमण ७२ जिल्लामा फैलिएको छ । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं...
हेटौँडाः वाग्मती प्रदेशका ६ जिल्लामा बर्डफ्लू रोगको संक्रमण फैलिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा संक्रमण देखिएको हो।
मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार बर्डफ्लूका कारण हालसम्म करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
संक्रमण देखिएका स्थानहरुमा हालसम्म ५८…
बागमती प्रदेशको ६ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु फैलिएको हो ।
६ जिल्लामा ५८ हजार २ सय ६१ पन्छी, २२ हजार ३४...
काठमाडौं । माघ दोस्रो सातादेखि फैलिएको बर्डफ्लु ११ जिल्लामा फैलिएको छ । यसले आक्रामक रूप लिए पनि पशुसेवा विभागले रोकथाम तथा नियन्त्रणका लागि आवश्यक बजेट नभएको बताएको छ ।
विभागका सूचना अधिकारी तथा वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले अहिले भएको क्षतिको आँकडा हेर्ने हो भने संक्रमण नियन्त्रण तथा क्षतिपूर्तिका लागि थप ६ देखि ७ करोड बजेट आवश्यक पर्ने बताए ।
चालू आर्थिक वर्ष (आव) मा सरकारले बर्डफ्लु नियन्त्रण तथा क्षतिपूर्तिका लागि विनियोजन गरेको बजेटले भ्याउनेभन्दा बढी क्षति भइसकेकाले बजेट अपुग भएको बताइएको छ ।
विभागसँग चालू आवमा बर्डफ्लु नियन्त्रण तथा क्षतिपूर्तिका लागि विनियोजन गरेको १ करोड २१ लाख रुपैयाँ छ । तर, अहिले जसरी बर्डफ्लुको संक्रमण फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न र क्षतिपूर्ति उपलब्ध गराउन यो बजेट अपुग हुने विभागले बताएको छ ।
११ जिल्लामा भएको क्षतिको विवरण आइसकेको र अब बजेट मागका लागि कृषि मन्त्रालयमार्फत अर्थमा जानकारी गराउने तयारी भइरहेको ढकालले बताए ।
मोरङ जिल्लाबाट फैलिएको संक्रमण काठमाडौंसहित सुनसरी, उदयपुर, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, कास्की, पर्सा र धनुषामा समेत फैलिइसकेको छ । हालसम्म ती जिल्लामा ६४ हजार ८ सय ७२ पन्छी, २७ हजार ३ सय ७१ गोटा अण्डा, १५ हजार ९४ किलो दाना र २२ किलो कखुराको नष्ट गरिसकिएको छ ।
औषधिबाहेक चल्ला, मासु, अण्डा र दाना सबैमा आत्मनिर्भर घोषणा भइसकेको र जीडीपीमा साढे ४ प्रतिशत योगदान रहेको यसक्षेत्रमा बजेट अभावका कारण संक्रमण नियन्त्रण गर्न समस्या हुनु लाजमर्दो भएको नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए ।
‘संक्रमण देखिसकेको ठाउँमा नियन्त्रणका लागि बजेट अपुग हुनु एउटा पाटो भयो । तर, विभागसँग जनशक्ति अभाव हुँदा कहाँकहाँ संक्रमण देखिएको हो भन्ने कुरा यकिन गर्नसमेत समस्या भएकाले त्यसले संक्रमणदर झनै बढाएको उनले जिकीर गरे । किसानका खोरमा कुखुरा मरिरहेका हुन्छन् ।
बर्डफ्लुको आशंकामा किसानले परीक्षण गराउन खोज्दा जनशक्ति अभावका कारण समयमै परीक्षण हुन सकेको छैन । संक्रमण पुष्टि भएका स्थानमा नष्ट गर्नसमेत कर्मचारी समयमा आई नपुग्ने गुनासो किसानको छ उनले भने । संक्रमण तत्काल नियन्त्रण गर्न बजेट सँगसँगै संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्र एवं बर्डफ्लु रोग नियन्त्रण नियमावली, २०७८ अनुसार सर्भिलेन्स प्लान तथा स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युरहरू परिमार्जन गर्न आवश्यक देखिएको पनि विभागले बताएको छ । यसबाहेक प्रत्येक प्रदेशमा संक्रमण नियन्त्रण गर्न बजेट विनियोजन हुनुपर्ने, अन्तरप्रदेश समन्वय सुदृढीकरण, स्रोत व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्नुपर्ने देखिएको बताइएको छ । नेपालमा १६ जनवरी २००९ मा झापा जिल्लामा बर्डफ्लुको संक्रमण देखिएको थियो । त्यसपश्चात् नेपालमा करीब २ सय ५० भन्दा बढी स्थानमा यसको संक्रमण देखिइसकेको सरकारी तथ्यांक छ । मानिसमा समेत सर्न सक्ने यस रोगका कारण नेपालमा २०१९ मा एक जना मानिसको मृत्यु भएको थियो ।
१० जिल्लामा बर्डफ्लु देखिएको छ। हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । बर्डफ्लु तीव्र रूपमा फैलन थालेकाले यसको नियन्त्रण गर्न पशु सेवा विभागसँग जनशक्ति र रकम अभाव भएको छ।विभागका प्रवक्ता डा. चन्द्र ढकालले १० वटा जिल्लाका विभिन्न स्थानमा बर्डफ्लु फैलिएको भेटिए पनि हालसम्म नियन्त्रणमै रहेको बताउँदै यसरी बढ्दै गयो भने नियन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी दिए । अन्य जिल्लाबाट पनि परीक्षणका लागि नमुना आउने क्रम बढेको जनाइएको
७ असार, काठमाडौं । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् । केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्याएको फैजी किरा अहिले […]