दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

काठमाडौँ,१ पुष । दमक नगरपालिकामा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग गरिने भएको छ । यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापन समेत गरेको छ । दमक–२ मा सञ्चालित ग्यास प्लान्टबाट उत्पादन हुने ग्यासलाई ‘रिफिल’ गर्नका लागि दमक– ८ मा ‘रिफिल सेन्टर’ स्थापना हुने भएको हो । नगरपालिकाको कार्यपालिका बैठकले दमक ८ स्थित सरस्वती माविको जग्गामा ‘रिफिल स्टेसन’ […]

सम्बन्धित सामग्री

एलपी ग्यासलाई विस्थापन गर्न सकिन्छ ?

नेपालमा विद्युत् उत्पादन वृद्धिसँगै यसको निर्यात गर्ने विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय बहस प्रारम्भ भएको छ । विश्वका सबैभन्दा वातावरणमैत्री मानिएको हरित ऊर्जाका रूपमा रहेको जलविद्युत् ऊर्जा नेपालका लागि वरदान हो भन्ने विषयमा दुईमत छैन । यसै परिवेशमा नेपालमा उत्पादित जलविद्युत्को उपयोगको प्रयोजन के हुने भन्ने विषयमा समेत बहस प्रारम्भ भएको छ । नेपालको प्रतिव्यक्ति विद्युत् खपत अन्यन्त न्यून रहेको र विद्युत्को सहज पहुँचसँगै विद्युतीय उपकरणको प्रयोगको संख्यामा हुने विस्तारसँगै नेपालको जलविद्युत् नेपाललाई नै ठिक्क हुने खालको बहस पनि शुरू भएको छ ।  नेपालमा जलविद्युत्को खपतमा घरायसी उपकरण, उद्योग र यातायात तीनओटा प्रधान क्षेत्रका रूपमा पहिचान भएका छन् । घरायसी उपकरणको प्रयोगमा हुने जलविद्युत् खपतमा भान्साको स्थान महत्र्वपूर्ण हुन्छ । पकाउने, सेकाउने, तताउने र उमाल्ने प्रयोजनमा विभिन्न थरी उपकरण बजारमा उपलब्ध हुन थालेका छन् । आधुनिक समाजका अभ्यस्त व्यक्तिहरूका लागि यी उपकरण अपरिहार्य बन्दै आएका छन् । भान्सामा प्रयोग हुने विद्युतीय उपकरणहरू आधुनिकताको पर्याय बन्दै गएका छन् । विप्रेषणसृजित सम्पन्नता र विदेशमा देखे–सिकेका कारण भान्सामा विद्युतीय उपकरणको प्रयोग भविष्यमा अझ बढ्ने देखिन्छ । परन्तु नेपालीका भान्सामा विद्युत् खपतको प्रवृत्ति भने सन्तोषजनक देखिएको छैन ।  नेपालको राष्ट्रिय जनगणना सन् २०११ मा नेपालमा बिजुलीमा खाना पकाउने परिवारको संख्या ४ हजार ५ सय २३ रहेको थियो । यस्तो संख्या सन् २०२१ मा ३२ हजार ५ सय ७४ मात्र रहेको पाइन्छ । प्रतिशतको आधारमा हेर्दा यस अवधिमा बिजुलीमा खाना पकाउनेको संख्यामा करीब ६२० प्रतिशतले वृद्धि भए तापनि संख्याको आधारमा हेर्दा यस्तो घरपरिवारको संख्यामा २५ हजार ५१ जनाको मात्र वृद्धि भएको छ । सन् २०११ मा कुल घरपरिवारमध्ये शून्य दशमलव शून्य ८ प्रतिशत घरपरिवारले मात्र बिजुलीमा खाना पकाउने गरेको पाइएकोमा सन् २०२१ मा यो अंश शून्य दशमलव ४९ प्रतिशत पुगेको छ ।  यस अवधिमा ग्यासको आयातमा भने व्यापक वृद्धि भएको छ । आव सन् २०१२/१३ मा २ लाख ५ हजार २ सय ७० मेटन एलपी ग्यास आयात भएकोमा आव २०२१/२२ मा यो आयात दुई गुणा भन्दा बढीले वृद्धि भई ५ लाख ३५ हजार ८ सय ६५ मेटन पुगेको छ । यस अवधिमा मूल्यको आधारमा हेर्दा आर्थिक वर्ष (आव) सन् २०१२/१३ मा रू. २२ अर्ब ४ करोड मूल्य बराबरको एलपी ग्यास आयात आव २०२१/२२ मा पुग्दा ३ गुणा जतिले वृद्धि भई रू. ६५ अर्ब ५५ करोड पुगेको छ । यस अवधिमा आव सन् २०१४/१५ र २०१५/१६ मा अघिल्ला वर्षहरूको तुलनामा एलपी ग्यासको आयातको वृद्धिदर परिमाण र मूल्य दुवैमा ऋणात्मक देखिएको छ । यसैगरी आव २०१९/२० मा एलपी ग्यासको आयातमा अघिल्लो आावको तुलनामा परिमाणमा वृद्धि भए तापनि मूल्यमा भने ह्रास आएको देखिन्छ । सन् २०२१ को जनगणना र सोही वर्ष आयात भएको एलपी ग्यासको आयातको परिमाणको विश्लेषण गर्दा नेपालमा प्रतिव्यक्ति एलपी ग्यास खपत प्रतिव्यक्ति खपत १८.३७ केजी देखिएको छ । सन् २०११ मा यो ७.७५ केजी रहेको थियो । यस अवधिमा प्रतिव्यक्ति एलपी ग्यास खपतमा करीब १३७ प्रतिशतले वृद्धि भएको छ ।  सन् २०२१ मा २९ लाख ४९ हजार ९ सय ९५ घरपरिवारले खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने गरेको पाइन्छ जो कुल घरपरिवारको करीब ४४ दशमलव २९ प्रतिशत हुन आउँछ । सन् २०११ मा ११ लाख ४० हजार ६ सय ६२ घरपरिवारले खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने गरेको पाइन्छ जो कुल घरपरिवारको करीब २७ दशमलव शून्य ३ प्रतिशत हुन आउँछ । यसरी सन् २०११ देखि २०२१ को अवधिमा एलपी ग्यासका प्रयोगकर्ता घरपरिवारको संख्यामा करीब १५८ दशमलव ६ प्रतिशतको वृद्धि देखिएको छ । १० वर्षको अवधिमा १८ लाख ९ हजार ३ सय ३३ परिवार ग्यासको नयाँ उपभोक्ताका रूपमा थपिएका छन् । सारमा भन्नुपर्दा अझै पनि देशको कुल घरपरिवारमध्ये करीब ५१ दशमलव शून्य २ प्रतिशत अर्थात् ३३ लाख ९८ हजार ३ सय १६ घरपरिवारले दाउरामा नै खाना पकाउने गरेको पाइन्छ ।  गुइँठाबाट खाना पकाउने घरपरिवारको अंश २ दशमलव ८८ प्रतिशत रहेको छ । मटितेल र अन्य स्रोतबाट खाना पकाउने घरपरिवारको अंश क्रमशः शून्य दशमलव  शून्य ५ प्रतिशत र शून्य दशमलव १ प्रतिशत रहेको छ । यसरी कुल घरपरिवारमध्ये ५४ दशमलव शून्य ४ प्रतिशत परिवार अर्थात् ३६ लाख परिवार दाउरा, गुइँठा र मटितेललगायत इन्धनस्रोतबाट खाना पकाउने गरेका छन् । यो ३६ लाख परिवारको अन्तिम गन्तव्य एलपी ग्यास र विद्युत् नै हुन् । एलपी ग्यास जोड्दा एक परिवारले कम्तीमा दुईओटा सिलिन्डर खपत गर्ने अनुमानलाई आधार मान्ने हो भने पनि आगामी केही वर्षभित्र नेपालमा करिव ७२ लाख ग्यास सिलिन्डरको आवश्यकता देखिन्छ । सन् २०२१ मा प्रतिघरपरिवार ८० दशमलव ४५ केजी एलपी ग्यासको खपतलाई आधार मान्दा थप ३६ लाख घरपरिवार एलपी ग्यासमा आकर्षित हुँदा थप २ लाख ८९ हजार ६ सय ३५ मेटन आयात गर्नुपर्ने देखिन्छ । यस आधारमा हेर्दा एलपी ग्यासको आयातमा निकट भविष्यमा नै करीब रू. ३५ अर्ब थप हुने सम्भावना देखिएको छ । वर्तमान मूल्य नै कायम रहेमा निकट भविष्यमा नै एलपी ग्यासको आयात रू. १०० अर्ब सजिलै नाघ्ने देखिन्छ ।  यदि नेपालको सम्पूर्ण घरपरिवारका भान्साहरूलाई विद्युत्मा आधारित ऊर्जा प्रणालीमा रूपान्तरण गर्ने हो भने नेपालमा थप ६६ लाख २८ हजार २ सय ६७ घरपरिवारले भान्सामा विद्युतीय उपकरणहरू प्रयोग गर्नुपर्ने हुन्छ । यस आदर्श अवस्थामा देशमा सोही संख्यामा इन्डक्शन चूल्होे, राइसकुकर, हिटर, माइक्रो ओभनजस्ता उपकरणको माग बढ्ने देखिन्छ । एउटा इन्डक्शन चूल्होेको बजार मूल्य रू. ५ हजारलाई आधार मान्ने हो भने पनि नेपालमा रू. ३३ अर्बको इन्डक्शन चूल्होको नै कारोबार हुने देखिन्छ । ६६ लाख राइसकुकर, ६६ लाख माइक्रोओभन अनि ६६ लाख फ्रायर जस्ता उपकरणको कारोबारलाई हेर्दा यी वस्तुको कारोबार खर्बको आँकडाभन्दा माथि नै हुने देखिन्छ ।  उपर्युक्त अवस्थालाई दृष्टिगत गर्दा नेपालमा भान्सा प्रयोजनमा नेपालमा जलविद्युत्को खपत अति न्यून रहेको छ । त्यसैले सरकारले भान्सामा विद्युत् खपतको राष्ट्रिय अभियान सञ्चालन गर्नुपर्छ । यसका अतिरिक्त भान्साका विद्युतीय उपकरणहरू नेपालमै उत्पादन गर्ने नीति पनि अंगीकार गर्नु आवश्यक छ । लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

दमकमा फोहरबाट उत्पादित ग्यास प्रयोग गरिँदै

दमक नगरपालिकामा जैविक फोहरबाट उत्पादित ग्यास प्रयोग गरिने भएको छ। यसका लागि नगरपालिकाले जग्गा व्यवस्थापन समेत गरेको छ।...

बायोग्यास बनाउन फोहोर अपुग

घोराही उपमहानगरपालिका–१६, गरुवा गाउँ निवासी पृथ्वीपाल चौधरीले बायोग्यासका लागि घरमा पाइपबाट चुलो जोडेको करिब एक महिना हुन लाग्यो तर नियमित रूपमा फोहोरबाट उत्पादित बायोग्यासबाट खाना पकाउन पाउनुभएको छैन। परीक्षणका लागि फोहोरबाट उत्पादन भएको ग्यास प्रयोग गर्ने अवसर प्राप्त गरे पनि नियमित रूपमा नआउने गरेको उहाँले बताउनुभयो। जसको मुख्य कारण ग्यास प्लान्टमा आवश्यक मात्रामा फोहोर सङ्कलन हुन नसक्नु मुख्य कारण रहेको छ।