कर्णाली प्रदेशसभाको पहिलो कार्यकालको अन्तिम समयसम्म कायम रहेका ३४ प्रदेशसभा सदस्यमध्ये ६ जनामात्र दोस्रो पटक प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन् । दुई जना भने प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका हुन् ।प्रतिनिधिसभाको उम्मेदवार बन्नेमा प्रदेश सरकारका पूर्व मुख्यमन्त्री एवं माओवादी नेता महेन्द्रबहादुर शाही र एमाले केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला सह–इञ्चार्ज दल रावल छन् । रावलले प्रदेशमा सामाजिक विकास मन्त्रीको भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् ।प्रदेशसभामा फेरि उम्मेदवारी दिनेमा मुख्यम