कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिको भन्दै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले महिला युथफोर्स घोषणा कार्यक्रम स्थगित गरेको छ ।
आगामी शनिवार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यतामा मार्च पास र महिला युथफोर्स घोषणा कार्यक्रम राखिएको थियो ।
युवा संघका अध्यक्ष किरण पौडेलले कोभिड– १९ संक्रमणको तेस्रो लहरको शुरूआती संकेत देखा परिरहेको विज्ञहरूको प्रक्षेपणलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
युवा संघले स्वास्थ्य मापदण्डको पालना गर्दै भूमिसम्बन्धी समस्या समाधान आयोगको...