काठमाण्डाै – राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह कार्यक्रम स्थगित भएको छ । पोखरामा आज आइतवार भएकाे विमान दुर्घटनाको शोकमा भोलि साेमवार सार्वजनिक बिदा दिइएकाले कार्यक्रम स्थगित गरिएको हो ।
माघ २ गते भोलि देशभर विभिन्न कार्यक्रम गरी २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरिएको थियो । विसं १९९० माघ २ गते दिउँसो २ बजेर ४० मिनेटमा भूकम्प गएको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
सरकारले राष्ट्रिय शोक घोषणा गरी बिदा दिएकाले प्रधानमन्त्री, गृह मन्त्रीलगायत आउने कार्यक्रम स्थागित गरिएको प्रचारप्रसार...