इलाम-२ मा मतगणना स्थगित भएको छ । अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । यद्यपि, इलामका मुख्य निर्वाचन अधिकृत दिपककुमार दाहालले कांग्रेसका उम्मेदवार खड्काको टोली आफु हार्ने संकेत पाएपछि अनावश्यक ढंगले बखेडा झिकेर मतगणनास्थलबाट बाहिरिएको बताए । उनले अब एउटा मतदान केन्द्रको मतगणना हुन बाँकी रहेको समेत बताए । मतगणना स्थगित भएपछि अहिले इलामस्थित सिटीहल वरिपरिको स्थिति तनावपूर्ण बनेको छ । सो क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ