नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत साता पेरिसडाँडामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीका ४९ जनै सांसदलाई मन्त्री चाहिएको र यसले गर्दा आफू बेचैन भएको बताएका थिए ।अन्ततः माओवादीले ४९ सांसद मध्येबाट मन्त्री बन्ने सम्भावित नामहरूको ‘सर्ट लिस्ट’ तयार पारेको छ । सर्ट लिस्टमा १३ जना नेताको नाम छ । माओवादीले ६ जनासम्म मन्त्री पाउने सम्भावना छ । दुई जना, पम्फा भुसाल र जनार्दन शर्मा यसअघि नै मन्त्री बनिसकेका छन् ।माओवादी स्रोतका अनुसार प्रदेश १ बाट सुरेशकुमार राई, सुदन किराती र अमनल