श्रीलंकामा नयाँ राष्ट्रपति चुन्न आज मतदान हुँदैछ । गोटावाया राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि आज संसदमा मतदान हुन लागेको हो ।
आज हुने चुनावमा तीन जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघे, विपक्षी समर्थित दुल्लास अलाहप्पेरुमा र मार्क्सवादी पार्टीका नेता अनुरा कुमारा दिसानायके प्रतिष्पर्धामा हुनुहुन्छ । विक्रमासिंघेको नाम हिजोको संसदमा सत्तारुढ दलका नेता दिनेश गुणवर्द्धनेले प्रस्ताव गर्नुभएको थियो ।
दुई सय २५ सदस्यीय संसदमा पूर्वराष्ट्रपति राजापाक्षेको दल पो...