मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा आज मतदान हुँदै

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि आज मतदान हुँदैछ।पोखरास्थित प्रदेशसभा भवनमा दिउँसो १ बजे बस्ने बैठकमा आज बाँकी  सांसदहरुले धारणा राख्ने क्रम सकिएपछि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । सांसदहरुले बोल्ने क्रम छोट्याएर मतदान गर्ने तयारी भएको सचिवालयकी उप–सचिव सपना अधिकारीले जानकारी दिइन्।अस्ति गण्डकी प्रदेशको विशेष अधिवेशनमा नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले 

सम्बन्धित सामग्री

पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुँदै

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ । तीन सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्छ । विपक्षी दलले प्रधानमन्त्री खानले विश्वासको मत प्राप्त गर्न नसक्ने दाबी गर्दै आएका छन् । अर्थतन्त्रलाई गलत ढङ्गले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै प्रधानमन्त्री खानविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । अविश्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का एक सय सांसदले हस्ता...

पाकिस्तानमा अविश्वास प्रस्तावमाथि आज मतदान हुँदै

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आज आइतबार मतदान हुँदैछ । पाकिस्तानको तल्लो सदन नेसनल एसेम्ब्लीमा आइतबार हुन लागेको मतदानमा उनीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्री खानको सरकार ढल्ने छ । अविश्वास प्रस्ताव पारित भएमा विपक्षी गठबन्धनले पूर्व प्रधानमन्त्री नवाज सरिफका भाइ सहबाज सरिफलाई नयाँ प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भएका […]