काठमाडौं : नेपाल कानून व्यवसायी परिषद्ले काठमाडौं जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ। परिषद्ले बुधबार विज्ञप्ति निकालेर लागुऔषध मुद्दामा सजाय पाएका अधिवक्ता खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको जानकारी दिएको हो।परिषद् अन्तर्गतको अनुशासन समितिको वैशाख १६ गतेको बैठकले खत्रीको कानून व्यवसायीको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको परिषद्का सचिव मोना सिंहले जानकारी दिइन्।यसअघि परिषद्ले वैशाख १३ ग