घर पुगेर सीता कसैसँग केही बोल्दिनन् । उनको अनुहार भने बोल्छ, ‘आमालाई भनौँ कि नभनौँ ?’ दुई/तीनपछि बल्ल घटना आमालाई सुनाउँछिन् । अँगालोमा बेरिँदै सीताले घटना सुनाउँदा आमा झस्किइन् । अनि उल्टै सीतालाई कराइन्, ‘होइन, के भन्छे यो ? बाउले थाहा पाए मार्छन् तँलाई’