आइतबार साँझदेखि भारी मात्रामा परेको हिमपातले ताप्लेजुङको हिमाली भेगमा चिसो ह्वात्तै बढेको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो ।घुन्सा क्षेत्रमा गत सातादेखि नै सामान्य रूपमा हिमपात सुरु भए पनि गए रातिदेखि निकै बाक्लो हिमपात पार्न थालेको स्थानीयवासी पेमा शेर्पाले बताइन् । उनले भनिन्, “अहिले पनि हिउँ परिरहेको छ । मौसम खराब छ । चिसोले बाहिर निस्कनै समस्या भएको छ ।