रामेछाप - रामेछापको उच्च लेकाली भूभागमा हिमपात परेसँगै त्यस क्षेत्रमा बसोबास गर्दै आएका नागरिकको जनजीवन प्रभावित भएको छ ।
जिल्लाको उच्च लेकाली भूभागमा शनिवारबाट हिमपात सुरु भएको हो । विगत वर्षहरुमा हिउँदमा समयमा नै वर्षात हुने र हिमपात पनि हुने गर्थ्याे । यसवर्ष भने ढिलो गरेर वर्षात र हिमपात भएको छ । रामेछापको उच्च लेकाली भूभाग उमाकुण्ड गाउँपालिकाको गुम्देल, वाम्ती, देउराली, चुचुरेलगायतको क्षेत्रमा हिमपात भएको छ ।
त्यसैगरी दोरम्बा गाउँपालिकाको गौश्वारा, डडुवाको शैलुङ र खोलाखर्क क्षेत्रमा भीषण मात्र...