कर्णालीका हिमाली जिल्लाहरुमा हिमपात भएको छ भने पहाडी जिल्लाहरुमा सिमसिमे वर्षा भइरहेको छ । हिमपात र वर्षाका कारण चिसो अत्यधिक बढेपछि नागरिकको जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका अनुसार हुम्लाको सदरमुकाम सिमीकोटमा १ फिट जति हिमपात भएको छ ।लगातारको भारी हिमपातले सिमीकोटदेखि उत्तर क्षेत्रका बासिन्दाहरूलाई घरबाट बाहिर निस्कनै समस्या भइरहेको छ। यस्तै पहाडी क्षेत्रका उच्च भागहरुमा हिमपात भइरहेको कार्यालयका प्रमुख विनोद पराजुलीले रातोपाटीलाई जानकारी दिए । उनले भने