इन्डोनेसियाले हराइरहेको श्रीविजय एयरको विमानको फ्लाइट रेकर्डरको संकेत आइतवार पाएको छ ।
शनिवार राजधानी जकार्ताबाट उड्नेबित्तिकै उक्त विमान समुद्रमा खसेको थियो । मानव अंग र विमानका टुक्राटाक्री फेला परिसकेका छन् ।
बोइङ ७३७–५०० विमानमा ६२ यात्रु र विमान कर्मचारीहरू थिए । विमान पश्चिमी कालिमान्तनको पोन्टियानाकतर्फ जाँदै थियो । उडेको चार मिनेटमा विमान राडारबाट हराएको थियो ।
‘हामीले दुई ठाउँमा संकेत पाएका छौं । त्यो ब्ल्याक बक्स हुन सक्छ,’ देशको खोजी तथा उद्धार संस्थाका प्रमुख बाग...