घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध र सुरुङ निर्माणको काम ९५ प्रतिशत सकिएको हो । विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ । म्याग्दी हाइड्रोपावरका अधिकृत अनिल तिवारीले आगामी २०७९ असारभित्र विद्युत् उत्पादन गर्ने कार्ययोजनासहित निर्माण कार्यलाई तीव्रता दिइएको बताए । ‘३ हजार ५ मिटर लामो सुरुङमध्ये हालसम्म २ हजार ८५५ मिटर खनिसकिएको छ,’ उनले भने, ‘दशैंअघि सुरुङको ‘ब्रेक थ्रू’ हुन्छ ।’ अर्थुङेस्थित नेपाली सेनाको सत्रुभञ्ज्याङ गुल्मअन्तर्गत घारस्थित बेस क्याम्पका सैनिकको निगरानीमा सुरुङ खन्न विस्फोटक पदार्थ प्रयोग गरिएको छ । सन् २०१८ जनवरीदेखि शुरू भएको आयोजनाको हालसम्म ७० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । अन्नपूर्ण–५ शिख र ६ घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि १२ मिटर अग्लो बाँध र पानी थिग्य्राउने डिसेन्डर निर्माण भएको छ । डिस्यान्डरदेखि सुरुङसम्म ३८ दशमलव ३ मिटर लामो डिस्यान्डर एप्रोच केनल जडानको काम सकिएको छ ।      पोखरेबगरस्थित गोजेखोल्सीमा विद्युत्गृह बनाउन पहाड काटेर जग्गा तयार पारिएको छ । आउटलेटदेखि विद्युत्गृहसम्म ४९० मिटर पेनस्टक पाइपमध्ये करिब ७० मिटर पाइप जडान भइसकेको छ । घारखोलाको सिभिल ठेकेदार साउथ एशियन इन्फ्रास्ट्रक्चर प्रालि हो । इलेक्ट्रिकल ठेकेदार सिमर इनर्जी प्रालि र हाइड्रोमेकानिकल ठेकेदार सीई हाइड्रोमेकानिकल वर्क प्रालि छन् । सिभल ठेकेदारका दैनिक १५० जनाको हाराहारीमा मजदूरले काम गरिरहेका छन् । कोरोनाका कारण बाहिरबाट मजदूर ल्याउन समस्या भए पनि उपलब्ध मजदूरलाई परिचालन गरिएको हो । भौगोलिक विकटता, कोरोनाको जोखिम, निषेधाज्ञा र पहिरोको असहज अवस्थाका बीच पनि आयोजनालाई निरन्तरता दिइएको आवासीय इञ्जिनीयर जोसेब वज्राचार्यले बताए । पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सबस्टेशनसम्म साढे ७ किलोमिटर प्रसारण लाइन निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ । यो आयोजनाको अनुमानित कुल लागत २ अर्ब ४१ करोड ५८ लाख २५ हजार हो । अन्नपूर्ण–४ नारच्याङमा ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र ५ मेगावाट क्षमताको घलेम्दी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरू गरेका छन् । ११० मेगावाट क्षमताको नीलगिरि र निलगिरि क्यासकेड जलविद्युत् आयोजना निर्माण पनि धमाधम भइरहेको छ । ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाले बेँसी गाउँदेखि लेकगाउँ हुँदै बाँधतर्फ पहुँचमार्ग निर्माण गरिसकेको छ । कालीगण्डकी र आसपासका नदीमा सञ्चालित आयोजनामा उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्ने नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण–३ दानामा २२० केभी क्षमताको सबस्टेशन र त्यहाँदेखि खुर्कोट जोड्ने ३९ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण भएपछि जलविद्युत् आयोजना निर्माणले गति लिएको छ  । रासस

सम्बन्धित सामग्री

सुनकोशी–मरिण डाइभर्सनः दुई महिनापछि सुचारु भयो सुरुङ निर्माण

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दुई महिनादेखि अवरुद्ध भएको सुरुङ निर्माण कार्य सुचारु भएको छ । शुक्रबारदेखि आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको आयोजनाले जनाएको छ । विगत ६० दिनदेखि अवरुद्ध रहेको सुरुङ निर्माण कार्यलाई सामान्य रूपमा सुचारु गरिएको आयोजना प्रमुख मित्र बरालले बताएका छन् । महाभारत शृंखलाको जटिल एवं […] The post सुनकोशी–मरिण डाइभर्सनः दुई महिनापछि सुचारु भयो सुरुङ निर्माण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुनकोशी–मरिण डाइभर्सनको ११ महिनामा ८.२ किलोमिटर सुरुङ निर्माण

सिन्धुली । सिन्धुली जिल्लामा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको एघार महिनामा ८ दशमलव २ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । कुल १३ दशमलव ३ किलोमिटर सुरुङ मध्य टिविएम संचालन भएको कुल ११ महिनाको अवधिमा ८ दशमलव २ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भएको हो । आयोजना अन्तर्गत सुनकोशी नदीमा बाध निर्माणका लागि निर्माण […]

पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुरुङ निर्माण कार्य रोकियो

सुरुङभित्रै पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य रोकिएको छ। सुरुङनिर्माण गर्ने क्रममादुई सय घनमिटर माटो मेसिनमाथिझरेपछि करिब तीन साता देखि सुरुङ निर्माणको काम रोकिएको सुनकोसी मरिण डाइभर्सन आयोजनाको कार्या...

फुकोट कर्णालीको सुरुङ निर्माण अन्तिम चरणमा

फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।

राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माण तीव्र

म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ । राहुघाट जलविद्युतमा कुल ६ हजार २७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार ७०० मिटर सुरुङ निर्माण सकिएको आयोजनाका प्रोजेक्ट म्यानेजर […]

तनहुँ जलविद्युत आयोजनाको ५६० मिटर सुरुङ निर्माण

तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्ने छ । विद्युतगृह अन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय ७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिए । बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ । उनले भने, “आयोजनाले चौबिसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ ।” प्याकेज दुई अन्तर्गत १, २ र ३ को विद्युतगृह जाने टनेलको सबै काम सम्पन्न भइ

तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माण

दमाैली- तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृहतर्फ ५६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ। कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नु पर्नेछ। विद्युतगृहअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय ७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिए। ‘बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ’, उनले भने, ‘आयोजनाले […]

तनहुँ जलविद्युत् आयोजना : ५६० मिटर सुरुङ निर्माण

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ।कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमध्ये हालसम्म उक्त सुरुङ निर्माण गरेको हो। पावर हाउसअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय पचहत्तर जना जनशक्ति परिचालन गरिएको सेफ्टी हेल्थ एण्ड वातावरण शाखाका प्रतिनिधी सन्तोष तिवारीले जानकारी दिए।डयाम साइडबाट […]

घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध र सुरुङ निर्माणको काम ९५ प्रतिशत सकिएको हो । विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ । म्याग्दी हाइड्रोपावरका अधिकृत अनिल तिवारीले […]

सुरुङ निर्माण सम्पन्न

निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य आजदेखि सम्पन्न भएको छ ।