नेपाल पत्रकार महासंघ ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधवार आउन अनुरोध गरेको छ ।
महासंघ ललितपुर शाखाका सचिव रामहरि कार्कीले मंगलवार जारी गरेको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधवार पत्रकारलाई दिइने उल्लेख गरिएको छ ।
सूचनामा भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारले सो कार्ड वा सूचना विभाग तथा नेपाल पत्रकार महासंघले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउन समेत आग्रह गरिएको छ ।
यसअघि भेरोसेल खोपको पहिलो मात्रा पत्रकारले गत...