बैतडी : बैतडीमा १२ देखि १७ वर्ष उमेर समूहकालाई आजदेखि मोडर्ना खोपको दोस्रो डोज दिन सुरु गरिएको छ। गत महिना यहाँका १२ देखि १७ वर्ष उमेर समूहका करिब ३२ हजारलाई मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो।गत महिना मोडर्ना खोपको पहिलो मात्रा लगाएकाहरूलाई दोस्रो मात्रा दिन सुरू गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए। खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहमा आवश्यक खोप पठाइसकिएको उनले बताए।दोस्रो मात्रा दिन स्थानीय तहहरूले सम्बन्धित विद्यालयहरुसँग समन्वय गरेर खोप अभियान सञ्चालन