तमान गाउँमा अझै प्रचलनमा छन् कटुवाल र मुखिया प्रथा
कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्काे स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे। जब मोबाइल फोनको प्रयोग बढ्दै गयो, तब कटुवाल प्रथा पनि हराउन थाल्यो।...
–डम्मर बुढा मगर/रासस ढोरपाटन (बागलुङ), १९ भदौ । बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि सयौँ वर्ष पुराना प्रथा प्रचलनमै छन् । त्यसमध्येको एक हो, कटुवाल प्रथा । कटुवाल प्रथा सूचना प्रविधिको विकास हुनु पूर्वसंचारको भरपर्दो माध्यमका रुपमा थियो । गाउँलेको भेलाले दुई/दुई वर्षमा गाउँमा नयाँ कटुवाल बनाउने प्रचलन अहिले पनि छ । विज्ञानको युगमा पनि […]
शरदयामको छेकोमा यहाँको माहोल जात्रामय बनेको छ । झरी थामिएर घमाएका दिनले चाडबाड आउन लागेको सङ्केत गरिरहेका छन् । ठूला पर्व सुरु हुनुअघि यहाँ सांस्कृतिक जात्रा र नाचको छुट्टै रौनक चल्छ।जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन छ । जसलाई बर्खे नाचले पनि चिनिन्छ । भदौरै जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गरिन्छ ।रैथाने नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रूपमा जात्राको परम्परालाई धान्दै आएको छ । नेवार युवाहरूको संस्था &
बागलुङ : नयाँ व्यवस्थासहित सूचना प्रविधिको तीव्र विकास भए पनि जिल्लाको तमानखोलामा पुराना प्रथा अझै प्रचलनमा छ।अधिकांश गाउँठाउँमा मोबाइलमा हात हातमा पुगिसकेको छ। यो वेला पनि जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर–३ तमान गाउँमा यो प्रचलन अझै कायमै छ।गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रूपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन्। अहिले स्थानीय रूपलाल बुढा मगरले कटुवालको काम गरिरहेका छन्। गाउँलेहरूबाट आफूले यो जिम्मेवारी पाएको तीन वर्ष भएको उनको भन
सामान्य अर्थमा सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिबीच सूचना, विचार, अनुभव, भावना आदिको विनिमय हुने र एकअर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ । एकअर्काबीच सूचना, विचार धारणा जानकारी साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई सञ्चारको अर्थमा बुझ्न सकिन्छ । सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो । परापूर्वकालदेखि आज पनि सार्वजनिक वा महत्त्वका सूचनाहरू सर्वसाधारणलाई जानकारी दिन कटुवाल घोकाउने प्रचलन पनि पत्रकारिताको पूर्वाभ्यास हो । आजको
काठमाडौं । चार हेक्टर जमीनमा तरकारी र फलफूल खेती गर्न आवश्यक लगानी नपुगेपछि सुनसरीको गढी– ३ छिटाहाका अगुवा कृषक भुवनेश्वर यादवले कृषि कर्जा लिने योजना बनाए । सोही योजनाअनुसार उनी आफ्नै गाउँनजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा कर्जाका लागि गए ।
‘तरकारी र फलफूल खेतीलाई आधुनिकीकरण गर्न १ करोड रुपैयाँ कर्जा लिन खोजेको थिएँ,’ उनले भने, ‘तर, मैले पहल गरेको १० महीना भयो । अझैसम्म कृषि कर्जा पाउने सुरसार छैन ।’ उनले बैंकमा कर्जाका लागि पटकपटक पुग्दा कर्मचारीले विभिन्न बहाना गर्ने गरेको गुनासो गरे ।
बैंक तथा वित्तीय संस्थाले किसानका लागि भनेर विभिन्न कृषि कर्जाका योजना ल्याएका हुन्छन् । तर, अधिकांशको अवस्था चन्द्रदेव पशुपालन कृषकसमूहमा आबद्ध यादवको जस्तै हुन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्दा कृषि कर्जामा ठूलो रकम लगानी गरिएको पाइए पनि त्यस्तो कर्जा वास्तविक किसानकहाँ नपुगेको गुनासो रहँदै आएको छ ।
‘जसको बैंकसँग पहुँच र प्रभाव पुग्छ, उनैले कृषि कर्जा पाउने गर्छन्,’ अर्की किसान गुरियाकुमारी झननी भन्छिन्, ‘माटोसँग खेल्ने किसानको पहुँच हुने कुरा भएन । जसले गर्दा वास्तविक किसानलाई कर्जा पाउन सधैं समस्या हुने भयो ।’ उनले ६ महीनादेखि कृषि विकास बैंकबाट कर्जा लिन खोजे पनि हालसम्म नपाएको गुनासो गरिन् ।
बैंकबाट कर्जा लिन समस्या भएपछि अधिकांश किसानले आफन्त तथा गाउँकै धनाढ्यसँग ३६ प्रतिशत ब्याजमा ऋण लिएर उन्नत जातका तरकारी तथा फलफूल खेती गर्दै आएको यादवले आर्थिक अभियान दैनिकलाई बताए । ‘राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा पनि कृषि उद्यम तथा व्यवसाय प्रवर्द्धनका लागि किसानलाई कृषि कर्जा उपलब्ध गराउने कुरा उल्लेख छ, तर बैंकबाट कर्जा लिन हामी जस्ता किसानलाई निकै समस्या छ,’ उनले भने ।
नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी निर्देशक अनिल शर्मा पनि किसानलाई कर्जा लिन अझै कठिन रहेको बताउँछन् । वास्तविक तथा साना किसानले कृषि कर्जा पाउन नसकेको उल्लेख गर्दै उनले बैंकिङ कर्जाका कार्यक्रमबाट किसान वञ्चित हुनुपर्ने अवस्था कायमै रहेको बताए । उनका अनुसार कृषि कर्जा विस्तार गर्ने र सहुलियत कर्जा उपलब्ध गराउन थालेको पछिल्लो ८ वर्षमा करीब ८५ हजार कृषकले मात्र यस्तो कर्जा पाएका छन् ।
नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवाल नेपालको कृषिक्षेत्रलाई माथि उठाउन र अझै व्यावसायिक बनाउन बैंकिङ क्षेत्रले ठूलो मात्रामा कृषिमा लगानी गर्नुपर्ने बताउँछन् । उनले आगामी दिनमा सरकारले सम्पत्ति धितो राखेर ऋण दिने प्रचलन मात्र नराखेर बौद्धिक सम्पत्तिलाई पनि बैंकमा धितो राखेर ऋण लिन पाउने नियम लागू गर्न सकेमा शिक्षित पुस्ताको समेत कृषिक्षेत्रमा आकर्षण बढ्ने उनको भनाइ छ ।
राष्ट्र बैंकका अधिकारीहरू किसानले कृषि कर्जा नपाएको गुनासो प्राप्त नभएको दाबी गर्छन् । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले राष्ट्र बैंकले अहिले कृषि कर्जालाई अनिवार्य गराएको बताउँदै कुल कर्जाको १५ प्रतिशत कर्जा कृषि कर्जाका रूपमा लागू गरिएको बताए । ‘वाणिज्य बैंकहरूले दिने गरेको कर्जामध्ये पनि ११ प्रतिशत कर्जा कृषिक्षेत्रमा गएको छ । तर, कुनै बैंकले कर्जा दिन आनाकानी गरेका छन् भने अहिलेको फरक परिस्थितिका कारण लगानी सुरक्षित हुने नदेखेपछि त्यस्तो भएको हुनसक्छ,’ उनले भने, राष्ट्र बैंकका अनुसार हालसम्म कृषिक्षेत्रमा करीब ६ खर्ब रुपैयाँ लगानी भइसकेको छ ।
लमजुङ/आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो । यहाँका स्थानीय दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्नुहुन्छ, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो […]
कात्तिक ९, कास्की । कास्कीको पर्यटकीय गाउँ सिक्लेसस्थित होटेल सिक्लेस गेष्ट हाउसका सञ्चालक सुरेन्द्र गुरुङलाई असोजको दोस्रो सातायता पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ ।
कोरोना करहका कारण लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेसँगै यतिखेर यहाँका पर्यटन व्यवसायी हर्षित छन् ।
विभिन्न संघ संस्थाका साथै व्यक्तिगत रुपमा आउने पर्यटकले सिक्लेसमा सञ्चालित २३ होटेल तथा २० होमस्टे प्रत्येक दिन भरिने गरेको उनी बताउँछन् ।
महामारीबाट लामो समयसम्म घरमा नै रहन बाध्य मानिस यतिखेर प्रकृति र संस्कृतिले भरिएका गाउँठाउँमा पुग्ने गरेका कारण पर्यटकीय चहलपहल बढेको हो ।
पछिल्लो समय सिक्लेस कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको यो गाउँ लमजुङ हिमालको काखमा लुट्पुटिएको छ ।
वरिपरिको हरियो वनजंगलका कारण सिक्लेसमा चरा र वन्यजन्तुप्रेमी रमाउने गरेका छन् । यहाँबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जो कोहीलाई लोभ्याउने गरेको छ । लगभग ४०० कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँ हो ।
यातायातका साधनहुँदै पोखराबाट लगभग चार घन्टाको यात्रामा पुग्न सकिने सिक्लेसमा ढुंगाले छाएको एवं छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमूना बस्ती देख्न पाइन्छ । स्थानीय जनताको जागरुकतासँगै सरसफाइमा निकै ध्यान दिइएका कारण बाटाघाटा तथा घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिनु यहाँको विशेषता हो ।
‘दशैं शुरु हुनु अगावै असोजको दोस्रो साताबाट सिक्लेसमा पर्यटकको चाप बढेको छ,’ सिक्लेस होटल व्यवसायी समितिका अध्यक्ष समेत रहेका गुरुङले भने, ‘त्यसयता यहाँका होटेल तथा होमस्टे सबै दिनहुँ पर्यटकले भरिएका छन् ।’
गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त संग्रहालय जस्तै बनेको यहाँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि पनि स्वदेशी एवं विदेशी अनुसन्धाता सिक्लेस आउने गरेका छन् ।
यहाँबाट कफुचे हिमतालका साथै कोरिसम्म पदयात्राका लागि पनि पर्यटक जाने गरको सिक्लेस युवा क्लबका पूर्व सचिव एवम् सल्लाहकार देवीजङ गुरुङले जानकारी दिए । उनका अनुसार गुरुङ संस्कृतिको अध्ययनका लागि यहाँस्थित सिक्लेस ईको म्युजियम पनि महत्वपूर्ण गन्तव्य बनेको छ । म्युजियमका साथै गाउँकोमाथि रहेको पार्कमा पर्यटक रमाउने गरेको उनले जानकारी दिए ।
संग्रहालयमा गुरुङ संस्कृतिको भेषभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रुपमा झल्काउने सामग्री देख्न सकिन्छ । संग्रहालयमा सिक्लेस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा यहाँ पुग्ने पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गरेका छन् । पर्यावरणीय संरक्षणका लागि सुमय समयमा हुने गरेका विभिन्न महोत्सवका कारण यहाँका स्थानीयवासीमा पर्यावरणलाई जोगाउनुपर्छ भन्ने भावना जगाएको पाइन्छ ।
सिक्लेसको कला, संस्कृति र प्रकृतिप्रति बढ्दै गएको पर्यटकीय आकर्षण र यहाँ पर्यटकको बसाइँलाई लम्ब्याउन गाउँमाथि निर्मित सिक्लेस पार्क पर्यटकको बसाइँ लम्ब्याउनका लागि बहुउपयोगी बनेको गुरुङले जानकारी दिए ।
सिक्लेसमा खान–बस्नका लागि स्थानीय बासिन्दाले सञ्चालन गरेका घरबास (होमस्टे) तथा होटल उपलब्ध छन् । होमस्टे सञ्चालकले यहाँ आउने पर्यटकलाई लक्षित गरी प्याकेज तय गरेको होमस्टे सञ्चालक पदम गुरुङले जानकारी दिए ।
उनका अनुसार प्योकजमा साँझको खाजा, बेलुकाको खाना, बसाइँ र भोलिपल्ट बिहानको नास्ता तथा खानाका लागि ९०० रुपैयाँ निर्धारण गरिएको छ । पर्यटकले आवश्यक ठानेका अवस्थामा बेलुका सांस्कृतिक प्रस्तुति पनि रहने गुरुङले जानकारी दिए ।
पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेसमा विगतमा पदयात्राबाटै मानिस पुग्ने गरे पनि अहिले पदयात्राका साथै हिँड्न नसक्ने गाडीबाट पुग्ने गरेका छन् । यहाँ जानका लागि काहुँ खोलामा जिप सहज रुपमा नै उपलब्ध हुन्छ । सवारी साधन हुँदै काँहुखोला, ढाडबेंसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली, पार्चेहुँदै सिक्लेस पुग्न सकिन्छ ।
यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेकभित्र पर्दछ । कला संस्कृति बचाउनका लागि यहाँ गरिने मेला तथा महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघिसम्म प्रचलित खेल झिझिली, हेकुचे, घुर्राजस्ता खेलका प्रतियोगिता गराउने गरिएको छ ।
संस्कृतिकै निरन्तरतास्वरुप सूचना दिने प्राचीन प्रचलन कटुवाल घोकाउने प्रथा पनि सिक्लेसमा कायमै छ । लामो समयसम्म कोरोना प्रभावित पर्यटनमा असोज दोस्रो सातायता भएको पर्यटकको आगमनले सिक्लेसी पर्यटन व्यवसायीलाई उत्साहित बनाएको उनले जानकारी दिए । रासस
प्रविधि सञ्चारको विकास संगै परम्परागत देखी चलि आएको कटुवाल पेशा प्रविधि मैत्रि बन्दै जान थालेको छ । सञ्चारको पहुच नहुने बेला हाक हालेर सूचना दिने कटुवाल अव सञ्चारको विकास संगै सुचना प्रविधिसंगै परिवर्तन हुन थालेका छन् ।
परम्परागत रुपमा मुखबाट चिच्याएर हाक हाली सुचना दिने प्रयोग अव केहि ठाउँमा बाहेक हटेको छ । पछिल्लो समय विकास भएको सुचना प्रविधीको प्रयोग गदै सुचना दिने प्रचलन बढ्दै गएको छ । कटुवालहरुलाई समय सगै नयाँ युग अनुसार सुचना दिने गरि मालारानी वाडनम्वर ७ ले विगतमा कटुवाल पेशा गदै आएका व्यक्तिलाई साउन्ड सिस्टम प्रदान गरि नयाँ थालनी गरेको छ ।