काठमाडौं महानगरपालिकाका दुई दर्जनभन्दा बढी घाइते नगर प्रहरीहरुको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गरिएको छ । थापाथलीको सुकुम्बासी बस्तीका घरटहरा भत्काउन गएको महानगरको टोलीमाथि त्यहाँका बासिन्दाले ढुंगामूडा प्रहार गरेका थिए । सुकुम्बासी बस्तीका बासिन्दाको ढुंगामूढा लागेर घाइते भएका महानगरका प्रहरी तथा कर्मचारीहरुको नर्भिकमा उपचार भएको हो । झडपमा घाइते भएका नगर प्रहरीहरुलाई इमेरजेन्सी र ठाउँ अपुग भएका कारण त्यसभन्दा अघिल्तिरको खुल्ला क्षेत्रमा समेत राखेर नर्भिकका स्वास्थ्यक