काठमाडौं । बाढीपहिरोमा परी घाइते भएकाहरुको उपचारका लागि काठमाडौंको नर्भिक इनटरनेसनल अस्पतालले छुट्टै युनिट सञ्चालनमा ल्याएको छ । बाढीपहिरो पीडितहरुको सहज, सरल र प्राथमिकताका साथ उपचार गर्न अस्पतालले छुट्टै युनिट संचालनमा ल्याएको अस्पतालले जनाएको छ ।
युनिटमा डेडिकेटेड शैया, चिकित्सक तथा नर्सिङ स्टाफसहितको अलग्गै टिमले घाइतेहरुको उपचारमा काम गर्नेछ । “बाढीपहिरोमा...