घोराही सिमेन्ट यो वर्ष ६४ करोडभन्दा बढी नोक्सानीमा

घोराही सिमेन्ट यो वर्ष ६४ करोडभन्दा बढी नोक्सानीमा

सम्बन्धित सामग्री

घोराही सिमेन्ट नोक्सानीमा

३० साउन, काठमाडौं । घोराही सिमेन्ट गत आर्थिक वर्ष नोक्सानीमा गएको छ । सार्वजनिक गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नोक्सानी १ अर्ब २१ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष …

घोराही सिमेन्ट करिब ४२ करोड नोक्सानीमा

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी ४१ करोड ८४ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म १ करोड ५४ लाख रूपैयाँभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष भने खुद नोक्सानीमा गएको हो । यस वर्ष कम्पनीको सञ्चालनबाट हुने आम्दानी १ दशमलव ४० प्रतिशत बढी १ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी भएको छ । यस वर्ष कम्पनी १५ करोड २६ लाख रूपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको छ । यस वर्ष कम्पनीको वित्तीय खर्च २६ करोड ५६ लाख रूपैयाँभन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वित्तीय खर्च १९ करोड ३० लाख रूपैयाँभन्दा बढी रहेको थियो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रूपैयाँ रहेको छ । जगेडा कोष रकम भने ५ अर्ब ७३ करोड रूपैयाँभन्दा बढी कायम छ । वार्षिक १८ रूपैयाँ ३२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२५ रूपैयाँ ४५ पैसा रहेको छ ।

घोराही सिमेन्ट इण्डष्ट्रीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ३ अर्ब ९७ करोड १९ लाख रूपैयाँको आधारमा १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित बोनस शेयर सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २८ गते कम्पनीले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । होटल पौवा, दाङमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको छ । सभाले बोनस प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सञ्चालक नियुक्ती अनुमोदनको प्रस्ताव पारित गर्दै स्वतन्त्र संचालक नियुक्ती र सर्वसारणतर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ । बुक क्लोजको आधारमा पुस १५ गतेसम्म कायम शेयधरनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

घोराही सिमेन्ट प्रकरण : केयर रेटिङमा शंकास्पद रेटिङको नजरअन्दाज ग-यो बोर्डले

काठमाडौं । डुब्ने स्थितिमा रहेको घोराही सिमेन्ट कम्पनीलाई उकास्नका लागि शंकास्पद रेटिङ गरेको कम्पनी केयर रेटिङ नेपाल लिमिटेडमाथि कुनै छानबिन नगरी घोराहीलाई ७ दिन पुनः सेयर निष्कासन गर्ने अनुमति दिइएपछि सर्वसाधारणको रकम भविष्यमा डुबेमा के हुने भने प्रश्न उठेको छ । ३ अर्ब ६१ करोड रुपैयाँको आवेदन ३ दिनमा निकाल्न अन्योल हुने कम्पनीको वित्तीय विवरण […] The post घोराही सिमेन्ट प्रकरण : केयर रेटिङमा शंकास्पद रेटिङको नजरअन्दाज ग-यो बोर्डले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रमपूर्ण सूचना प्रवाहप्रति उद्योगको गम्भीर ध्यानाकर्षण

घोराही सिमेन्ट इण्डष्ट्रीले निष्कासन गरेको सेयरबारे भ्रमपूर्ण सूचना प्रवाह गरिएको सम्बन्धमा उद्योगको गम्भीर ध्यानाकर्षण भएको छ।...

क्रेडिट रेटिङ विज्ञहरुले गरेका हुन्, उद्योगले प्रभाव पारेको छैन : घोराही सिमेन्ट

घोराही सिमेन्ट इन्डष्ट्रिले आफ्नो व्यावसायिक प्रतिष्ठामा नकारात्मक असर पुर्याउने उद्देश्यले भ्रमपूर्ण र गलत सूचना प्रवाह गरिएको दाबी गर्दै ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले प्रेस विज्ञप्ती जारी गर्दै आइपिओ निष्कासनको अनुमति लिँदा...

घोराही सिमेन्टको आईपीओ असारको पहिलो हप्ता बिक्री खुला गर्ने तयारी

घोराही सिमेन्ट उद्योगले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असारको पहिलो हप्तामै आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

उच्च प्रिमियम मूल्यसहित आईपीओ खोलेको घोराही सिमेन्ट शंकाको घेरामा

काठमाडौं । विभिन्न काण्डमा मुछिएको घोराही सिमेन्ट इन्डस्ट्रीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको साधारण सेयर (आईपीओ)प्रति लगानीकर्ताको न्यून चासो देखिएको छ । मंगलबारदेखि बिक्री खुल्ला गरिएको कम्पनीको आईपीओ स्थानीयवासीबाट बहिष्कारजस्तै छ । वैदेशिक रोजगारी तर्फबाट पनि तीन दिनको अवधिमा पर्याप्त आवेदन नपरेको स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो […]

घोराही सिमेन्ट उद्योग परिसरमा नेपाल एसबिआई बैंकको एक्सटेन्सन काउन्टर

नेपाल एसबिआई बैंक लिमिटेडले घोराही सिमेन्ट उद्योग परिसर, घोराही ४, दाङमा एक्टेन्सन काउन्टर खोलेर आफ्नो सञ्जाल विस्तार गरेको छ । सो काउन्टरको उद्घाटन बैंकका प्रबन्ध सञ्चालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार देले गरेका हुन् । उक्त समारोहमा, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल तथा […]