काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी ४१ करोड ८४ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म १ करोड ५४ लाख रूपैयाँभन्दा बढी खुद नाफामा रहेको कम्पनी यस वर्ष भने खुद नोक्सानीमा गएको हो ।
यस वर्ष कम्पनीको सञ्चालनबाट हुने आम्दानी १ दशमलव ४० प्रतिशत बढी १ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी भएको छ । यस वर्ष कम्पनी १५ करोड २६ लाख रूपैयाँभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको छ । यस वर्ष कम्पनीको वित्तीय खर्च २६ करोड ५६ लाख रूपैयाँभन्दा बढी भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको वित्तीय खर्च १९ करोड ३० लाख रूपैयाँभन्दा बढी रहेको थियो ।
हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रूपैयाँ रहेको छ । जगेडा कोष रकम भने ५ अर्ब ७३ करोड रूपैयाँभन्दा बढी कायम छ । वार्षिक १८ रूपैयाँ ३२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२५ रूपैयाँ ४५ पैसा रहेको छ ।