सेयर ब्रोकरहरूले पनि अब सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्नुपर्ने व्यवस्था हुन लागेको छ । नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०७८ मा यस्तो व्यवस्था गरिएको छ ।