काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा भोट हाल्न प्रतिनिधिसभा छिरेका छन्।बैठक अवधिभर सभा बाहिर बसेका ओली मतदान गर्ने बेलमा सभाहलमा प्रवेश गरेका हुन्। सभा हलमा प्रवेश गरेर ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए। ओली पक्षका सांसदले प्रधानमन्त्री देउवाको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। अहिले मतदान जारी छ। देउवाले प्रमुख प्रतिपक्षी दल एमालेका नेता ओलीको संसदमा अनुपस्थित भएको भन्दै गुनासो गरेका थिए