सुर्खेत : कर्णाली प्रदेश सरकारप्रति यहाँका स्थानीय तहका प्रमुखहरुले आक्रोश व्यक्त गरेका छन्।समयमै योजना नपठाएको, स्थानीय तहसँग सम्पर्क नगरेको लगायतका आरोप लगाउँदै उनीहरुले आक्रोश व्यक्त गरेका हुन्। उनीहरुले प्रदेशका मन्त्रालयले कर्मचारी व्यवस्थापन नगरेको भन्दै स्थानीय तहका प्रमुखले विकासका नाममा विनाश निम्त्याएको समेत बताए।बनगाड कुपिण्डे नगरपालिकाका नगरप्रमुख कर्णबहादुर बुढाथोकीले विकासे कार्यालयहरु ठीक ठाउँमा राख्नुपर्ने भन्दै आक्रोश व्यक्त गरे। उनले विकासका लागि समानुपातिक बजेट