जुम्ला : असोज २९ गतेबाट परेको अविरल वर्षाका कारण जुम्ला अहिले क्षतिग्रस्त छ।जुम्ला सडक खण्डमा ठाउँठाउँमा ठूलो पहिरो गएको छ। बाढी र पहिरोले जुम्ला–कालिकोट खण्डको कर्णाली राजमार्ग पूरै अवरुद्ध हुँदा एक हप्तादेखि आवागमन ठप्प छ। त्यस्तै कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीय आवागमन पूर्ण बन्द भएपछि यहाँको दैनिकी कष्टकर बनेको छ। पहिरो गएको स्थलमा जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र स्थानीय सरकार सहितको टोली तीव्रगतिमा लागेको छ। त्यस्तै नन्दबक्स गणका गणपति रविन थापाक