काठमाण्डाै – सरकारले उद्योग क्षेत्रको विकासलाई मुख्य ध्यान दिएर बजेट सार्वजनिक गरेको छ । आउँदो आर्थिक वर्षका लागि उत्पादनमा वृद्धि देशकाे विकास र समृद्धि विशेष अभियान दशक २०७९/२०८९ सञ्चालन गरिने भएको छ ।
नेपाली उत्पादन वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार बढाउनका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवम् उपभोग अभिवृद्धि कार्यक्रमका लागि तीन अर्ब ४५ करोड रुपैयाँ विनियोजन भएको छ । निजी क्षेत्रले सञ्चालन गरेका मेक इन नेपाल र मेड इन नेपाल जस्ता अभियानलाई सरकारले साथ दिने भएको छ । उत्पादनमूलक उद्योगका लागि उपकरण ...