काठमाडौं : बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न स्थानीयले आज पनि रोक लगाएका छन्। बुधबार बिहानैदेखि स्थानीयले आन्दोलन गरी फोहोरका गाडीलाई ल्यान्डफिल साइड जान रोक लगाएको काठमाडौ महानगरपालिका वातावरण विभागीय प्रमुख सरिता राईले जानकारी दिइन्।स्थानीयले मंगलबार बिहानैदेखि काठमाडौ महानगरपालिकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको थियो। आज पनि स्थानीयको अवरोध भएकाले प्रहरी परिचालन गरी फोहोर विसर्जन गर्ने तयारी रहेको विभागीय प्रमुख राईले जानकारी दिइन्।&