भयावह बन्दै कोरोना: यस्तो छ आजको कोरोनासम्बन्धित सम्पूर्ण गतिविधिहरू

कोरोनाको दोस्रो लहरका कारण विभिन्न जिल्लाहरूले निषेधाज्ञा जारि गरिरहेका छन्। यहिबीच उपत्यका छाड्नेको संख्या बढ्दो छ, पछिल्लो दुई दिनमा मात्र १ लाखले उपत्यका छाडीसकेका छन्। खोप लिनेहरूको लाम पनि उस्तै बढ्दो छ। यता अक्सिजन अभावको हल्ला फैलिरहँदा सरकारले संक्रमितका लागि अक्सिजन अभाव हुन नदिने प्रतिबद्धता जनाइरहेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप चार हजार ५ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ हजार ६ सय ७२ नमूनाको पिसिआर परीक्षण र १ हजार ९ जनाको एन्टिजेन परीक्षण भएको थियो। 


अध्यागमन विभागले यही वैशाख १५ गते राति १२ बजेदेखि लागु हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाएर यात्रा गर्न रोक लगाएको छ। विदेशबाट नेपाललाई अन्तिम गन्तव्यस्थल बनाइ आगमन गर्न र नेपालबाट विदेश जान भने पाइने छ ।


वैशाख १६ गतेदेखि लागु हुने गरी यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ।


बिहीबारबाट सरकारले उपत्यकासहित संक्रमण बढेका जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै उपत्यका छोड्नेको संख्या बढेको छ। दुई दिनमा एक लाखले उपत्यका छाडेका बताइएको छ


सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाए पनि आन्तरिक हवाई उडान तत्काल नरोक्ने निर्णय विभेदपूर्ण रहेको भन्दै यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका छन्। कोरोना संक्रमणको अवस्था भयावह छ भने अत्यावश्यकबाहेकका सबै प्रकारका यातायातका साधन रोक्नुपर्ने व्यवसायीको माग छ ।


कोभिड–१९ संक्रमितको संख्या दिनहुँ उच्च हुँदै गएपछि अक्सिजन अभाव हुन सक्ने आँकलन धेरैको छ । तर, सरकारले संक्रमितका लागि अक्सिजन अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।


स्वास्थ्य मन्त्रालयले लामो विदा बसेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तुरून्त कार्यालयमा हाजिर हुन भन्दै पत्राचार गर्ने निर्णय गरेको छ। त्यस्तै, कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन पनि भनिएको छ।


नेपालभरका ९३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।  कोरोना संक्रमणकै कारण केही प्रहरी अधिकारीहरूको मृत्युसमेत भइसकेको छ।  


सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछिमात्रै बस्ने गरी गण्डकी प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्तासँगै सोमबार सुरु भएको विशेष अधिवेशनमा कोरोना परीक्षण बिना बैठक चल्न नदिने भन्दै सत्तारुढ दल नेकपा एमालेले मंगलकार संसद बैठक अवरुद्ध गरेको थियो।


कोरोना महामारी नियन्त्रणका लागि क्षेत्रीय र अन्तराष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा नेपालले जोड दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुसँग आयोजना गरेको सामूहिक छलफलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो धारणा व्यक्त गरेका हुन् ।


कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको छ ।अस्पतालले मंगलबार दिउँसो जारी गरेको सूचनाअनुसार कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर पूर्वराजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको हो।


 ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित भएपछि उनलाई सैनिक अस्पताल, छाउनीमा भर्ना गरिएको छ ।


 विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को नयाँ भेरियण्ट संक्रमणबाट बालग्राममा आश्रित बालबालिकालाई बचाउन एसओएस बालग्राम नेपालले विभिन्न उपाय अवलम्वन गरेको छ ।


कोभिड १९ सङ्क्रमण बढेपछि स्थानीय प्रशासनले कडाइ गरेको छ। त्यसैले प्रहरीले मास्क नलगाई हिंडनेलाई देखेमा समातेर होल्डिङ क्षेत्रमा राख्ने गरेको छ। 


सम्बन्धित सामग्री

छोटकरीमा : आज - २०७८ वैशाख २२, बुधबार

आज '४० जिल्लामा पुरै र १२ वटामा आंशिक निषेधाज्ञा', 'विवाहमा दुईवटा गाडी र १५ जना जन्ती लैजान पाइने', 'रेल्वे विधेयक संसद्‍मा अड्काएर अध्यादेश', 'संक्रमितको शव जलाउन वाग्मती किनारमा अस्थायी शवदाह स्थल', 'बाइडेनले अमेरिका प्रवेश गर्न पाउने आप्रवासी शरणार्थीको संख्या चार गुणा बढाए' लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७८ वैशाख २१, मंगलबार

काठमाडौं उपत्यकाको निषेधाज्ञा २९ वैशाखसम्म लम्बियो, माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लियो, विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने कांग्रेसको निर्णय, बिल र मेलिन्डा गेट्सले गरे सम्बन्धविच्छेद लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७८ वैशाख २०, सोमबार

आज गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ, कोभिड अस्पताल सञ्चालन गर्न काठमाडौं महानगरले बनायो अध्ययन समिति, वाग्मती किनारमै जलाउन थालियो कोरोनाले मृत्यु भएकाको शव लगायतका विषयवस्तुहरूलाई यहाँ समावेश गरिएको छ।

छोटकरी सम्पादक

छोटकरीमा : आज - २०७८ वैशाख १७, शुक्रबार

आज एक सातामै १९ वर्षमुनिका २५ सय बढीमा कोरोना संक्रमण, अस्पतालमा शय्या उपलब्ध गराउन नसिक्ने स्थिति आएको स्वास्थ्य मन्त्रालयको दाबी, पाटन र वीर अस्पताललाई एक हजार संक्रमितको उपचार गर्ने गरी 'कोभिड अस्पताल' बनाइने, केजरीवालले जनतालाई असुरक्षित छाडेको भाजपा संसदको दाबी लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरीमा आज : २०७८ वैशाख १५ गते, बुधबार

बुधबार १५ हजार जनाले लिए आन्तरिक हवाई उडान, गत वर्षकाे पीडा सम्झेर गाउँ फर्कनेकाे लर्काे आज पनि उस्तै, बैंक वित्तीय संस्थाका शाखा बिहान १० देखि २ बजेसम्म मात्र खुल्ने, अक्सिजन सिलिन्डरमा कर छुट दिने सरकारको निर्णय, बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, भारतको अवस्थाप्रति डब्लुएचओ चिन्तित लागायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।

छोटकरी सम्पादक

छोटकरी: आज - २०७८ वैशाख १४ गते मंगलबार

आज विभिन्न जिल्लाहरूले निषेधाज्ञा जारि, उपत्यका छाड्ने संख्या बढ्दो, अक्सिजन अभाव हुन् नदिने सरकारको प्रतिबद्धता, गण्डकीमा 'फ्लोर क्रस' को डरले विपक्षी सांसदहरुको होटलमै बास लगायतका विषयवस्तुहरू यहाँ समावेश गरिएका छन्।

छोटकरी सम्पादक