विद्यालय बन्द गर्ने सरकारको निर्णय, सार्वजनिक स्थानमा ५ जनाभन्दा बढीकाे भेलामा राेक

सरकारले वैशाख महिनाभरि सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना प्रकोप बढ्दै जाँदा सरकारले यस्तो निर्णय लिएको हो। त्यस्तै बन्द अवधिभर अनलाइन र वैकल्पिक शिक्षण पद्धतिबाट शैक्षिक गतिविधि अगाडि बढाउने निर्णय लिइएको छ। सरकारले कोरोना नियन्त्रणसम्बन्धी आदेश तथा मापदण्डसमेत जारी गरेको छ।

सम्बन्धित सामग्री

एमाले संकटः शीर्ष नेताहरूबीच भएन कुनै सहमति

नेकपा एमालेमा बढिरहेकाे विवाद तत्काल साम्य हुने संकेत देखिएकाे छैन। लामाे समयपछि संवादहीनता ताड्दै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको भेटवार्ता भएपनि कुनै ठाेस सहमति हुन सकेकाे छैन। बैठकपछि बाेल्दै नेपालले कुराकानी उत्साहप्रद नभएकाे प्रतिक्रिया दिएका छन्। त्यस्तै उनले नयाँ दल खाेलेकाे भन्ने कुरा साँचाे नभएकाे बताए।

छोटकरी विशेष

धरहरा निर्माण सकियाे, यस्ताे बन्याे नवनिर्मित धरहरा

भूकम्पले ढलेकाे धरहराकाे निर्माण झण्डै सकिएकाे छ। वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे धरहरा वरिपरि बन्ने अन्य संरचनकाे भने निर्माण कार्य जारी रहेकाे छ। धरहराको पुनर्निर्माण अत्याधुनिक र भूकम्प प्रतिरोधी रहेकाे बताइएकाे छ। अन्डरग्राउन्ड र पार्किङको काम ५० प्रतिशत मात्र सम्पन्न भएको बताइएकाे छ।

छोटकरी विशेष

अयाेध्यामा राखियाे सीतारामकाे मूर्ति

रामकाे जन्मभूमिका रूपमा प्रधानमन्त्रीद्वारा घाेषित चितवनकाे माडीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएकाे छ। माडी नगरपालिका वडा नं. ९ स्थित माा कृष्णनगरमा मूर्ति राखिएको हो। काठमाडाैँबाट लगिएका मूर्तिहरू प्रधानमन्त्री ओलीले पूजाआजा गरी विदा गरेका थिए। रथयात्राको टाेली दासढुंगा नारायणगढ, चौविसकोठी, विकास चोक, पटिहानी ठाेरी पुगेकाे हाे।

छोटकरी विशेष

एमालेभित्र वारपारकाे लडाइँ, नेपाल समूहका ३२ जनालाई कारबाही गरिँदै

एमालेले नेपाल समूहका ३२ जना नेताहरूलाई स्पष्टीकरण साेधेकाे छ। संघीय संसदका २७ जना सदस्य र प्रदेश सभाका ५ जनासहित ३२ जनालाई स्पष्टीकरण सोधिएकाे हाे। उनीहरूलाई पार्टीविधान उल्लंघन गरेकाे आराेप लागेकाे छ। उता नेपाल समूहका नेताहरूले भने आफूहरू एमालेमै रहेकाे बताउँदै पार्टीभित्रै रहेर संघर्ष गर्ने बताएका छन्।

छोटकरी विशेष

चारदिनभित्र सबै मुद्दा टुंग्याउने जसपालाई प्रधानमन्त्रीकाे आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेता तथा कार्यकर्तालाई लागेका मुद्दा टुंग्याउने आश्वासन दिएका छन्। जसपाका चारजना नेताहरूसँग भेटेका प्रधानमन्त्री यस्ताे आश्वासन दिएका हुन्। यसअघि रेशम चाैधरी लगायतका थारू आन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ताकाे मुद्दा फिर्ता गर्न फाइल गृहमन्त्रालय पुगेकाे थियाे।

छोटकरी विशेष

देशैभर बढ्दै काेराेनाका गम्भीर बिरामी, वाग्मतीमा सबैभन्दा बढी

नेपालमा पछिल्लो २४ घण्टामा काेराेनाका १६० जना बिरामी आईसीयूमा भर्ना भएका छन्। त्यस्तै काेराेनाकाे सिकिस्त लक्षण देखिएका अन्य ४५ जनालाई भेन्टिलेटरमा राखिएकाे छ। यीमध्ये सबैभन्दा धेरै सिकिस्त बिरामी वाग्मती प्रदेशमा भेटिएका छन्। त्यस्तै देशैभरि काेराेनाबाट मृत्यु हुनेकाे संख्या बढ्दाे क्रममा देखिएकाे छ। सरकारले भने १३ बुँदे सूचना जारी गरेकाे छ।

छोटकरी विशेष