रिभर फल्स पावरले यहीँ बैशाख २८ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अङ्कित दरका २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको हो ।जसमध्ये ५४ हजार ६०० कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि छुट्याएर बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १०