सार्वजनिक स्थानमा आफ्नो अनुहार ढाक्न महिलालाई तालिवानको निर्देशन, उल्लंङ्घन गरे पुरुष अभिभावकलाई जेल या सरकारी जागिरबाट निस्कासन

तालिवानले शनिवार महिलाहरुका लागि नयाँ नियम जारी गरेका छ। जस अन्तर्गत महिलाहरुले सार्वजनिक स्थानमा आफ्नो अनुहार ढाक्नुपर्नेछ। यदि महिलाले यो नियम उल्लंङघन गरेको खण्डमा ती महिलाको बुवा, श्रीमान या नजिकको पुरुष आफन्तलाई जेलमा हालिनेछ या सरकारी जागिर भए निकालिने छ। तालिवानका प्रवक्ताले काबुलमा पत्रकार सम्मेलन गर्दै तालिवानी नेता हिबातुल्लाह अखुंदजादाको…

सम्बन्धित सामग्री

द्वन्द्वपीडितलाई धोका दिए प्रचण्ड र देउवा पनि जेल जान्छन् : डा. दीक्षित

काठमाडौं, १४ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले तीनवटा क्षेत्रको उपनिर्वाचनले जनता परम्परागत दलसँग वाक्कदिक्क भएको स्पष्ट देखाएको बताएका छन् । ‘जनताले कम्प्लिटली नयाँ अनुहार चाहेका छन् । अब मुलुक नयाँ अनुहारले हाँक्नुपर्छ भन्ने जनचाहना देखाएका छन् । शेरबहादुर देउवाले भनेजस्तो सामाजिक सञ्जालबाट ठूला दलहरुप्रति आक्रमण मात्र गरेको होइन, तिरस्कार र घृणा नै […]

पत्रकारसँग कुरा गर्न र अनुहार देखाउन चाहेनन् सिरियल किलर शोभराजले

काठमाडौँ- १९ वर्ष लामो जेल सजाय काटेपछि ७७ वर्षीय फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन्। सिरियल किलरका रुपमा परिचित शोभराज प्रक्रिया पूरन गरेर आजै साँझ आफ्नो देश फर्किने तयारीमा छन्। सर्वोच्च अदालतको आदेशअनुसार बुधबार बिहान सुन्धारास्थित केन्द्रीय कारागारबाट छुटेका चार्ल्स शोभराज बुधबार बेलुका नै कतार हुँदै पेरिस उड्ने भएका हुन्। […]

इरानको एक जेलमा भएको आगलागीमा चार जनाको ज्यान गयो

इरानको चर्चित जेल इभिनमा भएको आगलागीमा चार जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका इरानको सरकारी समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा कारागार क्षेत्रबाट धुवाँ र आगोको मुस्लो फैलिएको देखिन्छ । त्यहाँबाट गोली चलेको र विस्फोटको आवाज समेत सुनिएको बीबीसीले जनाएको छ । राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने इभिन जेल कुख्यात जेलका रुपमा चिनिन्छ । इरानमा केही हप्तायता सरकारविरोधी प्रदर्शन चलिरहेकाे छ । हिजाव अर्थात अनुहार ढाक्नेगरी कपडा नलगाएको आ...

उडिरहेको विमानकी परिचारिकालाई मुक्का हानेर दाँत भाँच्नेलाई १५ महिना जेल

मार्च २३ मा  साउथवेस्ट एयरलाइन्सको विमानमा सेक्रेमेण्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एकजना परिचारिलाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगतम्य पार्नुका साथै तीनवटा दाँत भाँचिदिएकी थिइन् ।

तक्माको तानाबाना

देउवा सरकारले काम गरेन भन्थे । ९०३ जनालाई २० करोड खर्च गरेर तक्मा, पदक बाँड्ने निर्णय गरेछ त । अब पनि सरकारले काम गरेन भन्न पाइयो र ? तर सरकारले पदक बाँड्ने मात्र भन्न के भ्याथ्यो, यसको विरोधमा मिडियामा थुप्रै ओइरिए । यी पक्कै पनि ईष्याले जलेका हुन सक्छन्, जल्नेहरू जलिरहन्छन् । राज्यले कालोसूचीमा राखेका व्यापारी, राजस्व चुहावटमा मुछिएका व्यक्ति, आफ्नै उद्योगमा आगो लगाएर बीमाबापतको पैसा असुल्ने व्यक्ति आदि समेतलाई पदवी तथा विभूषण पाउने सूचीमा राखेकाले सरकारको व्यापक विरोध भएको रे । अर्थात् जेल पठाउनुपर्नेलाई पुरस्कार दिइयो रे । ठीकै छ त । मान्छेलाई सुध्रने मौका दिनु परेन ? फेरि कुन जेलमा पठाउने उनीहरूलाई ? जेलहरू त सबै भरिइसकेका छन् । पदक बाँडचुडमा सबैभन्दा रमाइलो कुरा चैं हिजो भटाभट थोकमा पदक बाँड्नेहरूले सत्ताबाहिर पुगेपछि पदकलाई पनि लाज लाग्यो होला भनेर भाषण गरे । यिनलाई चैं लाज भन्ने शब्दको अर्थ थाहा छ होला कि छैन होला हँ ? गृह मन्त्रालयले बनाएको पदक मापदण्ड मिचेर बहालवाला न्यायाधीश, सञ्चारकर्मी, सञ्चार संस्थाका मालिकलाई समेत पदक दिइने कुराको पनि विरोध भएछ । यसमा विरोध गर्नुपर्ने कुनै तुक नै छैन । अरू सप्पैले लिन हुने, उनीहरूले चैं पदक लिन नहुने वा नपाउने भनेर संविधानमा लेख्या छ र ? कार्यपालिकाले न्यायाशीधलाई पुरस्कृत गर्ने, अनि न्यायपालिकाले कार्यपालिकालाई र दुवैले मिडियालाई पुरस्कृत गर्ने परम्परा शुरू गर्नु त राम्रो नि । यसले भाइचारा, मेलमिलाप, सद्भाव बढाउँछ । देशमा यसको कत्रो खाँचो छ ! शक्ति सन्तुलन भन्ने कुरोको चुरो नबुझेपछि कसको के लाग्छ र ? पहिले वर्षमा २/३ सय जनालाई पदक दिइने गरेकोमा अहिले ८/९ सय जनालाई दिइयो भनेर पनि विरोध भइराछ । पदक र पुरस्कार भनेको त मान्छेलाई उत्साहित गर्न वा उत्प्रेरणाका लागि दिने हो । यो त जति धेरैलाई दिन सक्यो, उति राम्रो नि ! १० वर्षमा जम्मा ४५ सय नेपालीले त विभूषण पाएछन् । यो संख्या सारै थोरै भयो । वास्तवमा अब ‘एक घर एक पदक’को योजना ल्याउनुपर्छ । पछि बढाउँदै लगेर ‘एक व्यक्ति एक पदक’ बनाउनै पर्छ । अनि न ‘सुखी नेपाली समृद्धि नेपाल’को नारा सार्थक हुन्छ देशमा । बरु समावेशी पनि बनाउन थालिहाल्न परो । पालिकै पिच्छे पदक र हरेक वडामा पदक तु व्यवस्था गर्न परो । गाउँ गाउँमा सिंंहदरबार पुगेपछि पदकहरू पनि गाउँ गाउँमा पुग्नु परेन ? संघीयता बलियो बनाउने नि यसैगरी हो । खै कुरा बुझ्या ? विभूषणको गरिमा नै रहेन भन्नेहरू पनि भेटिए । हाम्रो देशमा विभूषणकोे कति गरिमा छ भनेर जान्न त त्यो पाउने लिस्टमा पर्न साम, दाम गरेर लवी गर्न गृह मन्त्रालय र त्यस्तै ठाउँमा पुग्नेहरूको ताँतीबाटै थाहा हुन्छ नि । र, पदक पाउन गरिने मेहनत र पदक पाएपछि उनीहरूले गर्ने मिडियाबाजीबाटै प्रस्ट हुन्छ पदक पाउन कति पापड पेल्नुपर्छ भनेर । अर्थात् पदकका लागि लविङ त गर्नैपर्छ नि । कि लेफ्ट हुनुपर्‍यो कि राइट । लेफ्ट–राइट नगरीकनै पदक पड्काउँछु भन्ने सोच्नु भएको छ भने त्यो तपाईंको दिवास्वप्न हो ! अपवादहरूको कुरा बेग्लै हो । पदक पाउनेहरू जति खुशी छन्, त्योभन्दा पदक नपाउनेहरू बढी पीडामा छन् भन्ने कुरा उनीहरूको अनुहार र उनीहरूको सामाजिक सञ्जालमा आएका स्टाटसले स्पष्ट देखाइरहेको छ । आफूले नपाउने पदकको विरोध गर्नु त स्वाभाविकै हो । त्यत्रो भीडमा आफूले पदक नपाएकोमा कत्तिको आत्मसम्मानमा चोट लागेको हुन सक्छ । मान्छे सामाजिक प्राणी हो । ऊ समाजमा अरूभन्दा माथि छु वा विशेष छु भन्ने देखाउन चाहन्छ । राम्रो र ठूलो काम गरेर मात्र पुग्दो रैन्छ । उसलाई अरूले पुरस्कार वा पदकले सम्मानित नगरेसम्म ऊ आफ्नो इज्जत प्रतिष्ठा बढेको छ भन्ने ठान्दो रैन्च । भलै यी पदक, पुरस्कार दुई कौडीको नै किन नहोस् । पदक पाउनेमा आफ्नो नाम परेपछि आफूले गर्दै नगरेको कुन चैं योगदानका लागि सरकारले आफूलाई पदक दिँदै छ भनेर तीन छक्क पर्नेहरू पनि थुपै्र छन् । त्यसैले होला कतिपयले विभूषण लिन अस्वीकार गरेछन् । सरकारले दिन्छु भन्दाभन्दै लिन्न भन्न पाइन्छ ? नलिनेलाई जेल हाल्नुपर्छ, होइन्त गृहमन्त्रीज्यू ? पदक बाँडचुडमा सबैभन्दा रमाइलो कुरा चैं हिजो भटाभट थोकमा पदक बाँड्नेहरूले सत्ताबाहिर पुगेपछि पदकलाई पनि लाज लाग्यो होला भनेर भाषण गरे । यिनलाई चैं लाज भन्ने शब्दको अर्थ थाहा छ होला कि छैन होला हँ ? हिजोआज त पदक, पुरस्कार पाउन अनेक अतिरिक्त योग्यताहरूको आवश्यकता पर्छ भन्छन् । र, त्यसैअनुसार सम्मानका पनि प्रकार हुँदा रहेछन् । जस्तै– चयन सम्मान, व्ययन सम्मान, विनिमय सम्मान आदि । पदक वा सम्मान पाउनेको नाम चयन गर्ने समितिमा तपाईंको आफ्नो मानिस परेको छ भने उसले तपाईंको नाम चयन गर्ने नै भयो । यो चयन सम्मान भयो । व्ययन सम्मानमा तपाईंले सम्मान समितिको सम्मानमा धनराशी व्यय गर्नुपर्ने हुन्छ । कतिपय अवस्थामा व्ययराशी सम्मान राशीभन्दा बढी नै हुन्छ । व्ययन सम्मानलाई ‘खाम सम्मान’ पनि भनिन्छ । विनिमय सम्मानमा चैं कसैलाई पदक दिनु छ भने तपाईं आफै समितिमा बस्नुहुन्छ र लिनु छ भने समिति बाहिर बस्नुहुन्छ । यसपालि दिनुहुन्छ, अर्कोपालि लिनुहुन्छ । बार्टर जस्तै क्या ! विनिमय सम्मान विशेषगरी साहित्यका क्षेत्रमा खुबै मौलाएको छ । अँ साँची, कहिलेकाहीँ असम्मानित व्यक्तिबाट सम्मानित हुनुपर्दा कतिलाई पदक पाएको नभै दण्डित भएको महसूस पनि हुन्छ कि हुन्न होला नाई ? जे होस्, विभूषण, तक्मा, पदक प्राप्त गर्ने सबै सुयोग्य महानुभावहरूलाई हृदयदेखि नै बधाई ! छ । अयोग्य भएर वा अन्य कुनै कारणले पदक प्राप्त गर्न नसक्नु भएकाहरूलाई पूरै सान्त्वना छ । पदक प्राप्त गर्ने काममा लागिरहनुहोस्, नेताका नजरमा पर्ने कोसिस गरिरहनुहोस् । एक न एक दिन त एउटा पदक कसो हात नपर्ला र ? बरु मेरो अहिलेदेखि नै तपैंलाई अग्रिम शुभकामना छ है ।

सुन्दर बन्ने रहर

शृङ्गार गरेर हिँड्नु अधिकांश नारीको चाहना हुन्छ। गाउँ वा सहर बस्ने, घरेलु वा कामकाजी महिलाले धेरथोर शृङ्गार गरेकै हुन्छन्। पुराना पुस्ताका महिलाले शृङ्गारलाई सौभाग्यको परिपूरक मान्थे र धार्मिक संस्कारमा वर्णन गरिएका १६ शृङ्गार (टीका, गाजल, चुरा, पोते आदि) लगाउनुलाई आफ्नो दिनचर्यासँग जोड्थे। अहिलेका पुस्ताले शृङ्गारलाई व्यक्तित्व विकाससँग जोड्न थालेका छन्। उनीहरू प्राकृतिक शृङ्गारभन्दा पनि कपाल काट्नु, रङ्गाउनु, आँखीभौँ मिलाउनु, अनुहार र शरीरका रौँ हटाउनु, विभिन्न किसिमका व्रिक्रम र जेल प्रयोग गरेर छाला राम्रो बनाउनु जस्ता कृत्रिम शृङ्गारलाई अपनाउन थालेका छन्। उनीहरू सौन्दर्यका साथै छालाको स्वास्थ्यमा सचेत रहन थालेका छन्।