प्रतिनिधि सभा विघटनपछिको संकट : राजतन्त्रको छायाँसँग किन तर्सिँदैछ प्रचण्ड-नेपाल पक्ष ?

मंगलवार सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा पूर्वमन्त्रीसमेत रहेका नेकपाका प्रभावशाली युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा अहिले जनता भइसकेका तत्कालीन राजा ज्ञानेन्द्र शाहको अनुहार देखिन थालेको भन्दै चिन्ता व्यक्त गरे । उनले ज्ञानेन्द्रले शाही आयोगमार्फत लोकतन्त्रका लागि लडेका नेताहरूलाई भटाभट जेल कोच्ने काम गरेको भन्दै अहिले ओलीले नयाँ भक्तबहादुर कोइराला (तत्कालीन शाही आयोगका प्रमुख)को खोजी गर्न थालेको आरोपसमेत लगाए । 'नयाँ भक्तबहादुरको खोजी होला अब, अथवा अहिले जसरी गैरसंवैधानिक नियुक्तिहरू गरिएको ...