वायू प्रदूषणबारे प्रधानमन्त्री: ‘म भन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो?

प्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशमा उच्च वायु प्रदुषणको कारक बनेको आगलागी नियन्त्रण गर्न हवाईजहाज र हेलिकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिएका छन् । अहिलको आगलागीलाई गम्भिरता पुर्वक लिँदै आगामी वर्षहरुका लागि समेत तयारी गरिनुपर्ने उनको मत रह्यो ।

देशमा भएकै हवाइजहाज वा हेलिकप्टरमा अग्नि नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सो र्कायका लागि कार्य प्रारम्भ गर्न पनि उनले निर्देशन दिए। यसकार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा पनि प्रधानमन्त्रीको थियो। 


चैत १३ गतेदेखि सुरु भएको वायु प्रदूषण अझै हटेको छैन । चैत १८ गते मुलुकका केही ठाउँमा पानी परेपछि घट्दै गएको वायु प्रदूषण फेरि बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वर्षको तुलनामा यो वर्ष १४ गुणा बढी डढेलो लागेको छ ।


सरकारले डढेलो नियन्त्रणको दीर्घकालिन समाधानका लागि अग्नि नियन्त्रक विमान (फायर फाइटर हेलिकोप्टर) किन्ने भएको छ । विमान कुन देशबाट किन्ने लगायत यसका खरिद प्रक्रियाबारे नियमसंगत ढंगले अघि बढ्ने बताइएको छ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।