सामान्य वर्षामै डुब्छन् दुर्गा भगवतीका विद्यालय, भदौ १ मा खुल्ने कक्षा प्रभावित हुने चिन्ता
सामान्य वर्षामै विद्यालय परिसर डुबानमा पर्ने र कक्षाकोठासम्म पानी पस्ने समस्या रौतहटको दुर्गा भगवती गाउँपालिकाका सामुदायिक विद्यालयमा वर्षौंदेखि दोहोरिँदै आएको छ।