कौसीखेतीमा आजभोलि मानिसको आकर्षण बढिरहेको छ । कौसीखेती गर्दा घरको छतमा गमला, काठको बाकस, सिमेन्टको बोरा र प्लास्टिकको थैलामा उचित मात्रामा माटो र मलको प्रयोग गरेर फलफूल तथा तरकारी रोपिन्छ ।
गमला, काठको...
काठमाडौं । फ्रान्समा उत्पादित अर्गानिक वाइन लेस सिमेन्स डि वासाक नेपाली बजारमा भित्र्याइएको छ । भिगेन,डिमिटर सर्टिफाइड, बायो डाइनामिक प्रमाणित वाईन मल्टिपर्पाेज प्रालिले नेपालमै पहिलो पटक भित्र्याएको हो । पूर्णरुपमा परम्परागत प्राकृतिक र अर्गानिक खेती प्रणालीबाट उत्पादित सो वाइन एसियामै जापानपछि नेपालमा भित्र्याइएको हो । जापानमा बढ्दो माग रहेको यो वाइन चीनले पनि छिट्टै आयात […]
बरु सके भने म त्यो एक मुठी पसीना हैन एकेक गाँस पुर्याउन अर्गानिक खेती रोज्ने छु जस्लाई सघाउन बजार हैन घरटोल बस्तीहरूमा पुग्नेछु जसरी स्वस्थ पर्यावरण हुर्कन्छ उसको खातिर अब
बलिदान हुन तयार रहनुपर्छ।...
यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ धरानका कृष्ण राईले पाउने भएका छन् । सोताङ अर्गानिक फार्मका उनलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनले आइतबार राजधानीमा आयोजना पत्रकार सम्मेलनमा जानकारी दिइयो । आगामी असार १४ गते राजधानीको राष्ट्रिय सभागृहमा हुने कार्यक्रमका बीच उनलाई पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार हस्तान्तरण गर्नेछन् । २०५४ सालदेखि अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा योगदान गर्दै आएका राईलाई कृषि
जुम्ला-जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरेको झण्डै १४ वर्ष बित्यो । २०६४ सालमा १४ औं जिल्ला परिषदबाट जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।विषादी प्रयोगको अन्त्य गर्ने, अर्गानिक कृषि उत्पादन बढाउने,अर्गानिक खेती विस्तार गर्ने र जुम्लाका कृषि बस्तुलाई ब्राण्डका रुपमा विकास गर्ने लक्ष्यले अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।तर अर्गानिक जिल्ला घोषणाको […]
अर्गानिक खेतीको परिचय : अर्गानिक खेती उत्पादनको एक प्रणाली हो,जसले सिंथेटिक मल र वृद्धि नियामकहरूको अधिकतम प्रयोगलाई निरुत्साहित गर्छ र जमिनको उत्पादकत्व कायम राख्न आधारभूत उपायहरू लिन्छ।जस्तै : बाली घुमाउने, बालीको अवशेष, जनावर र हरियो मल, जैविक फोहोर, इत्यादि। माटोको उत्पादकत्व (माटोको भौतिक पक्ष), बिरुवालाई पोषक तत्वको आपूर्ति, झारपात र कीट नियन्त्रण कायम राख्न।जैविक फोहोर (बाली, पशु र खेतको फोहोर, जलीय फोहोर) र अन्यको प्रयोगले जमिनलाई जीवन्त र राम्रो राख्ने गरी जमिन खेती गर्ने र बा
म्याग्दी । २८ वर्षदेखि कृषि पेसामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता फलाएको तरकारीको माग बढेपछि दंग छन् ।
जिल्लाको नयाँ पर्यटकीय स्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेतबारीमा प्रांगारिक तरकारी खेती गर्दै आएका कार्कीले यसअघि कहिल्यै पनि अर्गानिक तरकारीको विक्री यति धेरै भएको थाहा पाएका थिएनन् ।
‘२८ वर्षदेखि तरकारी खेती गरिरहेको छु । जीवनको उर्बर समय मैले मेरै खेतबारीको माटोमा बिताएको छु,’ कार्कीले भने, ‘तर कोरोना कहर सुरु भएयता जसरी तरकारीको विक्री भयो, यसअघि कहिल्यै पनि भएको थिएन ।’
कोरोना संक्रमण जतिजति बढ्दै गयो, स्थानीयले आफ्नो स्वास्थ्यलाई ध्यान दिई अर्गानिक खानेकुराको मात्रा बढाउँदै लगे । विशेषगरी आयातीत तरकारी र फलफूल नपाइने वा त्यसलाई ध्यान नदिने भएपछि सदरमुकाम नजिकै रहेका किसानकहाँ पुगेरै बजारका नागरिकले तरकारी खरिद गर्न थालेपछि कार्कीजस्तै व्यावसायिक तरकारी खेतीमा लागेका किसानको उत्पादनले बजार पाउन थालेका हुन् ।
किसान कार्कीको खेतबारीमा अर्गानिक तरकारी र फलफूल झुलिरहेका छन् । शारीरिक व्यायामका लागि बिहान लभ्लीहिल जाने बजारका गृहिणी, युवायुवती वा बटुवाले कार्कीको बारीमै पुगेर ताजा तरकारी खरिद गरी फर्कने गरेका छन् ।
त्यसैगरी खबराका अर्का किसान शोभित शर्मा, डाँडाखेतका नारायण पौडेल, बाबियाचौरका धर्मराज सुवेदीलगायत जिल्लाका दुई दर्जनभन्दा बढी किसानले पछिल्लो समय प्रांगारिक तरकारीको विक्री बढेपछि खेती विस्तार गर्ने सोच बनाएको बताएका छन् ।
विगतमा तरकारी विक्रीबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका खबराका चन्द्रबहादुर कार्कीले ०७६ चैतदेखि ०७८ वैशाखसम्म तरकारी बेचेरै ११ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको बताए ।
त्यसैगरी डाँडाखेतका नारायण पौडेलले गत वर्ष आफूले उत्पादन गरेको तरकारी राम्रो विक्री भएको र सोचेभन्दा बढी आम्दानी भएको सुनाए ।
म्याग्दीका ६ वटा स्थानीय तहमा गरी २ सयभन्दा बढी किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीमा लागेका किसानले पछिल्ला वर्षमा मनग्गे आम्दानी गर्न थालेको कृषि प्राविधिक जगत बानियाको अनुभव छ ।
बानियाँ भन्छन्, ‘कोरोना कहर सुुरु भएयता मानिसले अर्गानिक उत्पादनको महत्व बुझ्न थालेका छन्, जसले गाउँका उत्पादनको माग सहर बजारमा बढी हुन थालेपछि किसानलाई फाइदा भएको हो ।’
कोरोनापछि धेरै मानिसले अर्गानिक उत्पादन खोज्न थालेको बगरफाँटका किसान जीतबहादुर कार्कीको अनुभव छ । बेनी–बगरफाँट–सुर्केमेला–बरंजा सडक छेउमा रहेको उनको बारीमा अर्गानिक तरकारी खरिद गर्न बेनीबजारबाट धेरै ग्राहक आउन थालेका छन् ।
कोरोनापछि अर्गानिक तरकारी खोज्दै उनका बारीमा धेरै उपभोक्ता पुग्छन् । प्रांगारिक तरकारी खेती गर्न पाउँदा खुसी लागेको बताउँछन् ।
विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा हानि गर्ने हुँदा सबैले अर्गानिक खेती गर्नुपर्ने कृषि विज्ञको सुझाव छ ।
म्याग्दीमा निजी क्षेत्रले करोडौं लगानीमा कृषि फार्म सञ्चालन गरेका छन् । जिल्लाको बेनी नगरपालिका–४ सिंगा र आबे बगरमा करिब १० करोड लगानीमा सञ्चालित हरियाली कृषि फार्म र मंगला गाउँपालिकाको हिदीमा ३ करोड लगानीमा प्रांगारिक कृषि फार्म सञ्चालित छन् । यी कृषि फार्मले पनि प्रांगारिक उत्पादनमा जोड दिँदै आएका छन् ।
म्याग्दीमा पछिल्लो समय अर्गानिक कृषितर्फ युवा आकर्षण पनि बढ्दै गएको छ । विशेषगरी कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर गाउँ फर्किएका युवाहरू अर्गानिक खेतीमा लागेका छन् ।
कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अर्गानिक(जैविक) खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीलाई निर्देशन दिएकी छन् । मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायको जानकारी लिने क्रममा आज कृषि विभाग र पशु सेवा विभागमा पुगेर मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्न सक्ने अवस्था अहिले नै नभए पनि यसलाई विस्तारै कम गर्दै लैजानुपर्ने बताइन् । “अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ, रासायनिक मलको प्रयोग अहिले भर्खरै
कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अर्गानिक(जैविक) खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीलाई निर्देशन दिएकी छन् । मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायको जानकारी लिने क्रममा आज कृषि विभाग र पशु सेवा विभागमा पुगेर मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्न सक्ने अ...
दमक (झापा) : रविकुमार राईले दमक नगरपालिका–९ मा अर्गानिक खेती गर्दै आएको चार वर्ष भयो। उनले जग्गा भाडामा लिएर खेती काँक्रा, काउली, खुर्सानी, बोडी, सागलगायतका तरकारीको खेती गर्दै आएका छन्।
पछिल्लो समयमा अर्गानिक खेतीतर्फ रवि मात्र होइन, अन्य किसानहरु पनि आकर्षण बढ्दै गएको छ। रसायनिक मल तथा बिषादीले मानव तथा पर्यावर...
बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए। दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन्। त्यसपछि अर्गानिक खेती आज भएजस्तो...