१ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान आजदेखि लागु भएको छ ।
आर्थिक वर्ष २०८३/८४ देखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पुर्याएको छ …
काठमाडौँ – आम नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम पछिल्ला केही वर्षयता आफैँ आर्थिक सङ्कटमा फस्यो । अस्पतालले महिनौँसम्म भुक्तानी नपाएपछि सेवा बन्द गर्न थाले, बिमित नागरिक उपचार सेवाबाट वञ्चित हुन थाले र कार्यक्रमको भविष्यबारे नै प्रश्न उठ्न थाल्यो । २०७२ चैत २५ गते सामाजिक स्वास्थ्य सुरक्षाको […]
काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्डमा यातायात सेवा पुनः सुचारु भएको छ। राति खसेको पहिरो बिहानै हटाइएपछि दुवै सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालनमा आएका हुन्। प्रहरीका अनुसार सडक डिभिजन र सुरक्षाकर्मीको समन्वयमा पहिरो पन्छाइएपछि यातायात सहज बनेको हो। यससँगै राजधानीलाई देशका विभिन्न जिल्लासँग जोड्ने मुख्य सडकमार्गमा आवागमन सामान्य अवस्थामा फर्किएको छ। […]