काठमाडौं- लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खसेर प्रभावित नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्डमा यातायात सेवा पुनः सुचारु भएको छ। राति खसेको पहिरो बिहानै हटाइएपछि दुवै सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालनमा आएका हुन्। प्रहरीका अनुसार सडक डिभिजन र सुरक्षाकर्मीको समन्वयमा पहिरो पन्छाइएपछि यातायात सहज बनेको हो। यससँगै राजधानीलाई देशका विभिन्न जिल्लासँग जोड्ने मुख्य सडकमार्गमा आवागमन सामान्य अवस्थामा फर्किएको छ। […]