उपचार पद्धतिमा क्रान्ति ल्याएका १० उपकरण

आजको विश्वमा केही त्यस्ता स्वास्थ्य उपकरण छन्, जसले रोगहरूको उपचार पद्धतिमा आमूल परिवर्तन गराएका छन् । झट्ट हेर्दा सामान्य देखिने यी उपकरणले सानादेखि ठूला रोगको उपचार गर्न सम्भव तुल्याएका छन् । थर्मोमिटर, सिरिन्ज,एक्स–रे, चस्मा, स्टेथेस्कोपजस्ता उपकरणले स्वास्थ्य क्षेत्रमा ठुलो भूमिका निभाएका छन् ।

थर्माेमिटर शब्द ग्रीक शब्द थर्मोस (तातो) र मिटर (मापन) बाट आएको हो । थर्माेमिटर ‘कुनै पनि वस्तुलाई तताउँदा यसको आयतन बढ्छ र चिस्याउँदा आयतन घट्छ’ भन्ने सिद्धान्तमा आधारित छ । यसभित्र तरल पदार्थको रूपमा पारो प्रयोग गरिन्छ । पारोको जोखिमका कारण आजभोलि पारो थर्माेमिटरलाई डिजिटल थर्माेमिटरले विस्थापित गरेको छ ।


शरीर छेड्ने सुई सत्रौँ शताब्दीको मध्यतिर विकास भएको मानिन्छ । हिजाेआज सिरिन्जमा हालेर प्रयोग गरिन्छ । यसको मद्दतले शरीरमा तरल औषधि हाल्न र जाँचका लागि रगत निकाल्न सजिलो बनाएको छ ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।