शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबारदेखि ४ दिन देशभरका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको हो। सरकारको निर्णयपछि चैत १७, १८, १९, २० गते शिक्षण संस्था बन्द हुनेछ । पूर्वनिर्धारित परीक्षाहरू भने यथावत सञ्चालन हुने बैठकले निर्णय गरेको छ । प्रदूषण नघटे अरु केही दिन विद्यालय बन्द गर्ने बारेमा पनि बैठकमा छलफल भएको थियो ।