सडक सञ्जालले जोडियो बागलुङको बडिगाड

वैशाख २२, वलेबा । ५ वर्षअघिसम्म सवारीसाधन भेट्न पाँच ५ लामो यात्रा गरेर खर्वाङ पुग्ने समिर पुन अहिले आफ्नै दौलोबाट सवारी चढ्छन् ।  बागलुङको वडिगाड गाउँपालिका–३ सिसाखानीका स्थानीय पुनले घर छेवैमा पुगेको सडकमा गुडेका सवारी देख्न थालेको धेरै भएको छैन । सिसाखानीमा पुगेको सडकले पुन र उनका गाउँलेलाई निकै सघाएको छ । सिसाखानीका सबै टोलमा अहिले सडकको पहुँच छ । कच्ची सडकको पहुँच गाउँसम्म पुगेपछि गाउँले खुशी छन् ।  मानिसहरू ओहोरदोहोरका लागि मात्रै होइन यहाँका सर्वसाधारणले खाद्यान्नलगायतका सामग्री गाउँ पुर्‍याउन निकै लामो समय सास्ती खेपे । घोडा, खच्चड र भरियाको भरमा गाउँमा खाद्यान्न तथा उपभोग्य समान पुर्‍याउने यहाँका सर्वसाधारण अहिले आफ्नै घरदैलोमा पिकअप भ्यान र ट्रयाक्टरबाट सामान झार्छन् । ‘मूल्य सस्तो, समयको बचत, सडक आएपछि त निकै सजिलो भएको छ’, उनले भने, ‘यति छिट्टै सडक आउला भनेर सोचिएकै थिएन् ।’ वडिगाडका साविकका सात गाउँ विकास समितिलाई जोडेर बनेको हो । साविक जिल्ला विकास समिति र गाविस हुने बेला कठिन भूगोल रहेको बडिगाड ओझेलमा परेको थियो ।  स्थानीय तह गठनपछि गाउँपालिकाको नजर पुगेको सिसाखानीमा सडक सञ्जालको विकास निकै छोटो समयमा भएको स्थानीयवासीको बुझाइ छ । वडिगाडका सिसाखानीसहित रणसिंहकिटेनी, दर्लिङलगायतका साविकका गाविसमा अहिले सडक सञ्जालले सहज बनाएको छ । सडकको सहज पहुँचपछि मात्र अन्य विकासका गतिविधि सञ्चालनमा सहजता हुने भएकाले पालिकाको १० ओटै वडा केन्द्रसँगै पालिका र केन्द्रसँगको सडक सञ्जाल जोडिएको बताइएको छ ।  ‘सडक पहुँच पुगेको छ’, स्थानीयवासी पुनले भने, ‘यातायात, स्वास्थ र अन्य पूर्वाधारका क्षेत्रमा पनि सहज भएको महसुस गरेका छौँ ।’  ‘विकासले हाम्रो उठिबास लगायो, तर गाउँपालिकाको साथले हामीले बास पाएका छौँ’, वडिगाड गाउँपालिका–९ की बाटुली विकले भने, ‘सडक निर्माण गर्दा जोखिममा परेको हाम्रो गाउँ र घर अर्को ठाउँमा सरेको छ, अहिले ढुक्क छ । रासस

सम्बन्धित सामग्री

लालुगाउँमा जोडियो बिजुली

मान्म (कालीकोट), ३ फागुन । कालीकोट नरहरिनाथ गाउँपालिका–९ को लालुगाउँमा विद्युत्को राष्ट्रिय प्रसारण लाइनले जोडिएको छ । गाउँमा थ्रीफेज वितरण ट्रान्सफर्मर जडान तथा सञ्चालन भएको हो । पहिलोपटक गाउँमा विद्युत्को ११ केभी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि वडाका दुई सय घरधुरीमा विद्युत् पुगेको वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए । “विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा […]

पोखरासँग जोडियो सहश्राव्दी पदमार्ग

गण्डकी, ११ असोज । पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पोखरा महानगरपालिकासँग पनि जोडिएको छ । सन् २००० देखि सञ्चालनमा आएको तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दुरीको उक्त पदमार्गले यसअघि पोखरा महानगरपालिकालाई छोएको थिएन । पदमार्गको हालै गरिएको नयाँ नक्शाङ्कनले पोखरा महानगरपालिकासँग पनि जोडिएको […]

पोखरासँग जोडियो सहश्राव्दी पदमार्ग

गण्डकी, ११ असोज । पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एकमात्र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पोखरा महानगरपालिकासँग पनि जोडिएको छ । सन् २००० देखि सञ्चालनमा आएको तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दुरीको उक्त पदमार्गले यसअघि पोखरा महानगरपालिकालाई छोएको थिएन ।

देशैभर जोडियो निःशुल्क इन्टरनेट

काठमाडौं, साउन १५ । देशैभर उच्च गतिको इन्टरनेट पु-याउने परियोजना सम्पन्न भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम उपयोग गरी सुरु गरिएको यो परियोजनाअनुसार असार मसान्तसम्म देशैभर सार्वजनिक निकायमा इन्टरनेट जडान सम्पन्न भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । परियोजनाअन्तर्गत उपत्यकाबाहेकका ७४ जिल्लाका १६ हजार ११७ सार्वजनिक निकायमा इन्टरनेट जोडिएको हो । यस्तो इन्टरनेट […]

दोलखाबाट पाँच सय मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोडियो

दोलखा-माथिल्लो तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाटको सबैभन्दा ठूलो जलविद्युत आयोजना गत वर्ष विद्युतको राष्ट्रिय प्रणालीमा जोडियो । वर्षात्का बेलासमेत भारतबाट खरिद गरेर वितरण गरिरहेको बेला माथिल्लो तामाकोसी सहितका आयोजना पूरा भएपछि गत वर्षको वर्षात्मा पाँच सय मेगावाट विद्युत खेर गयो ।तर यही बेला औद्योगिक क्षेत्रमा समेत पहिलो पटक १३२ केभी प्रसारण लाइनमार्फत विद्युत जोडिँदै आएको […]

सडक सञ्जालमा जोडियो ताम्तीगाउँ

जुम्लाको भेरिखोला क्षेत्रको दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको छ । स्थानीय सरकार सञ्चालनको पाँच वर्ष पश्चात तातोपानी गाउँपालिका–८ स्थित दुर्गम ताम्ती गाउँ सडक सञ्जालमा जोडिएको हो ।क्रमागत योजनाका रूपमा निर्माण हुँदै आएको कर्णाली राजमार्ग हुदै त्रिवेणी टोप्टा सडक खण्डबाट ताम्ती गाउँ जोडने सडक नयाँ वर्षको सुरुवातसँंगै सञ्चालनमा आएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए […]

माथिल्लो तामाकोसीको ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोस्रो युनिट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । दोलखाको विगू गाउँपालिका लामाबगरमा निर्माण भएको ४ सय ५६ मेगावाट क्षमताको आयोजनाको ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । दोस्रो युनिट प्रणालीमा जोडिएपछि आयोजनाबाट १५२ मेगावाट विद्युत् उत्पादन भइरहेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले जनाएको छ । अब हरेक […]