बाबुरामको प्रश्नः संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घॉटी कसरी जोडियो ?

जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पार्टीको महन्थ ठाकुर समूह सरकारमा सहभागी भएपछि आलोचना गरेका छन् । संविधान जारी हुँदा मधेसी दल ब्ल्याक आउटमा व्यस्त रहँदा केपी ओलीले दीपावली मनाएको स्मरण गर्दै उनले ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाटी कसरी जोडियो ?’ भन्दै प्रश्न गरेका छन् । यो यक्ष प्रश्न प्रश्न भएको उल्लेख गर्दै डा भट्टराईले ट्वीटरमा  अगाडि भनेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाब...

सम्बन्धित सामग्री

डा.भट्टराईको प्रश्न: दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो ?

जनता समाजवादी पार्टी जसपाका संघीय परिषदका अध्यक्ष एवम पूवप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मन्त्रिपरिषद पुर्नगठन लगत्तै कडा प्रतिक्रिया दिएका छन् ।

बाबुराम भट्टराईको प्रश्न– पहाडी मतदाता ठग्ने र मधेसी मतदाता ठग्ने कसरी एकै ठाम?

काठमाडौं। जसपा नेता डा. बाबुराम भट्टराईले आफ्ना दलका केही नेता सरकारमा गएपछि व्यङ्ग्य गरेका छन्। उनले ट्विट गरे, “यक्ष प्रश्न – संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियो? अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टरसमर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ? दुवको मुकुण्डो उत्रिएन त?”