पर्वत : नेपालका लागि पोल्याण्डका गैर–आवासीय राजदूत एडम बुराकोब्स्की र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिकको स्मृति कार्यक्रम पोखरामा गर्न राजदूतले आग्रह गरे।सन् १९९२ मा कञ्चनजंघा हिमाल आरोहणको क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविज केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन भने युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो तथा विश्वकी तेस्रो महिला आरोही पनि हुन्। उनले नेपालको अन्नपूर्