गण्डकी- गण्डकी प्रदेश सरकारको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री राजमीप्रसाद बराल(जीवन)ले विनियोजन विधेयक २०७९ पारित गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री बरालले आगामी आर्थिक वर्षका लागि असार १ गते प्रदेश सभाको बैठकमा रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए […]